७ वैशाख २०८१ शुक्रबार
खेल

सुस्तायो सेपाक ताक्रो

पोखरा - १८ वर्षअघि भित्रिएको सिंगापुरे खेल सेपाक ताक्रो पछिल्लो समय पोखरामा सुस्ताउँदै गएको छ। घरको आँगनमा खेल्न मिल्ने यो खेलको चर्चा बिस्तारै हराउँदै गएको छ। नियमित प्रशिक्षण छैन। प्रशिक्षण गर्ने खेलाडी छैनन्। प्रशिक्षण गराउने स्थल पनि छैन। राष्ट्रिय खेलकुद परिषद्, जिल्ला तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति (गण्डकी प्रदेश खेलकुद परिषद्) ले खेलको विकास र विस्तारमा चासो दिएका छैनन्। परिषद् र खेलकुद समितिले चासो नदिँदा अन्तर्राष्ट्रिय पदक जित्ने सम्भावित खेल सेपाक ताक्रो यति बेला ओझेलमा छ। युवा पुस्तालाई आकर्षित गर्नै सकिएको छैन।

‘खेलको विकास हुन जरुरी छ। चासो परिषद् र खेलकुद समिति कसैको छैन,’ सेपाक ताक्रोका राष्ट्रिय प्रशिक्षक मोहन गुरुङले भने, ‘चासो नदिँदा प्रचारप्रसार नै भएन। प्रचारप्रसार नहुँदा खेलाडी खेल्नै आउँदैनन्। टे«निङ ग्राउन्ड पनि छैन।’ उनको भनाइअनुसार यस खेललाई सानो ठाउँमा पनि खेल्न र सिकाउन सकिन्छ, तर सानो ठाउँ पनि पोखरा रंगशालाभित्र उपलब्ध गराउने चासो समितिले देखाउँदैन। सेपाक ताक्रो संघ कास्कीले पनि खेलको विकास गर्नेतर्फ ध्यान नदिएको गुनासो उनको थियो। खेलकुदभित्र बस्ने पदाधिकारीले पनि खेल नबुझ्दा ओझेलै रहेको दाबी उनले गरे।

‘जब प-यो राति तब बुढी ताती’ नेपाली उखानकै पर्याय  भएको छ सेपाक ताक्रो खेल। राष्ट्रिय खेलकुद प्रतियोगिता हुनुअघि मात्रै तात्ने प्रवृत्ति छ। त्यसपछि खेलको अवस्था शून्यप्रायः छ। नियमित रूपमा प्रतियोगितासमेत आयोजना हुँदैनन्। आयोजना नहुँदा खेलाडीले खेल्ने अवसरसमेत पाउँदैनन्। खेलको एक्सपोजसमेत नभएको अवस्थामा युवा पुस्ताको सेपाक ताक्रोप्रति अभिरुचिसमेत बढ्न सकेको छैन। ‘खेल र खेलाडीलाई व्यवस्थित गर्न सकिएको छैन,’ उनले भने, ‘खेललाई व्यवस्थित गर्न सके खेलाडी व्यवस्थित हुने थिए। खेलाडीलाई व्यवस्थित गराउन नियमित प्रतियोगिता आयोजना गर्न सकिएको छैन। खेल संघले ध्यान दिन सकेको छैन।’

प्रतियोगिता आयोजना गर्न लाग्ने खर्च जुटाउन सकिएको छैन। सेपाक ताक्रो बुझ्ने खेल संघका पदाधिकारी हुनुपर्नेमा जोड दिँदै उनले खेल नै नबुझ्ने संघ र समितिका पदाधिकारीबाट विकासको अपेक्षा गर्नै नसकिने गुनासो पोखे। २०५८ सालबाट पोखरामा सुरु भएको सेपाक ताक्रो २०६४ सालमा राखेपमा विधिवत् दर्ता भएको हो। सिंगापुरे लाहुेर बिदा मनाउन आउने क्रममा सेपाक ताक्रो खेल पोखरा भिœयाएका हुन्। पोखराको अमरसिंह चोकमा खेल्न सुरु गरेपछि विस्तार हुँदै डेढ दशकमै राष्ट्रियस्तरमा आफ्नो छवि बनाउन सफल भएको थियो। तर अहिले ओझेलमा छ।

अन्तर्राष्ट्रिय पदक जित्ने सम्भावित खेल भए पनि कसैको ध्यान पुग्न सकेको छैन। पाँच वर्षअघि मात्रै थाइल्यान्डमा भएको प्रतिस्पर्धामा नेपालले कांस्य पदक जितेको थियो। खेलप्रति ध्यान नपुग्दा राष्ट्रियस्तरका सेपाक ताक्रोका खेलाडी विदेश पलायन समेत भइसकेका छन्। आफ्नै खर्चमा विदेश खेल्न जानुपर्ने बाध्यताले समेत खेलाडीको अभिरुचि घट्दै गएको दुखेसो प्रशिक्षक गुरुङको थियो। ‘राष्ट्रका लागि खेल्न जाने खेलाडीलाई आफ्नै खर्चमा जाऊँ भन्ने परिस्थिति सृजना गरिन्छ,’ उनले भने, ‘राष्ट्रको झन्डा बोकेर खेल्न जाने खेलाडी आर्थिक समस्याकै कारण जान नपाउने अवस्था छ।’

सेपाक ताक्रो खेल महँगो खेल होइन। १५ सय रुपैयाँमा म्याच बल पाइन्छ। ट्रेनिङ बल अझै सस्तो पर्छ। आँगनजत्रो ठाउँमा सजिलै खेल्न सकिन्छ। रेगु, डबल र क्वाड गरी ती इभेन्टमा प्रतिस्पर्धा हुन्छ। नेपालमा क्वाड हुँदैन। क्वाडमा चार जना खेलाडी खेल्छन्। रेगु र डबलमा भने ३ जना खेलाडी र दुई जना वैकल्पिक खेलाडी हुन्छन्। नेपाली हावापानी सुहाउँदै खेल भए पनि सम्बन्धित निकायको ध्यान नपुग्दा प्रचारोन्मुख हुन सकेको छैन। चार वर्षअघि पश्चिमाञ्चल टोलीले पूर्वाञ्चलमा सम्पन्न

सिंगापुरे लाहुेर बिदा मनाउन आउने क्रममा सेपाक ताक्रो खेल पोखरा भित्र्याएका हुन्। पोखराको अमरसिंह चोकमा खेल्न सुरु गरेपछि विस्तार हुँदै डेढ दशकमै राष्ट्रियस्तरमा आफ्नो छवि बनाउन सफल भएको थियो। राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला तथा पुरुष टिमले रेगु र डबल इभेन्टमा स्वर्ण र रजत पदक जितेको थियो।

 

प्रकाशित: २९ पुस २०७६ ०२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App