coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जिल्ला कारागार रौतहटबाट एक कैदी फरार

रौतहट - रौतहट जिल्ला कारागार रौतहटबाट एकजना कैदी फरार भएका छन्। कारागारको विद्युत लाइन बिगारेर अपहरण तथा शरीर बन्धक मुदामा तीन वर्षदेखि सजाय काटिरहेका २५ वर्षीय अशोक यादव आइतवार राति फरार भएका हुन्।

सर्लाहीको बरहथवाबाट एकजना बालकलाई अपहरण गरेका यादवलाई सर्लाही जिल्ला अदालतले १५ वर्षको कैद सजाय तोकेको थियो। जिल्ला कारागारमा कैद सजाय काटिरहेका यादव कारागारको लाइन मरम्मत गर्दै आएका थिए। आइतवार राति कारागारको विद्युतमा गडबडी उत्पन्न गरेर यादव त्यसैको फाइदा उठाएर भाग्न सफल भएको प्रहरीले जनाएको छ।

कारागारबाट कैदी फरार भएको घटनालाई छानबिन गर्न जिल्ला प्रहरी कार्यालय रौतहटले छानबिन समिति गठन गरेको छ। प्रहरी निरीक्षक नवीनकुमार सिंहको कमान्डमा चारजनाको प्रहरी टोली गठन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहट प्रमुख एसपि रविराज खड्काले जानकारी दिए।

कारागारको मूल ढोकामा ताल्चा नलगाएको पाइएकोले कर्मचारीको पनि लापरवाही देखापरेको एसपी खड्काले बताए। फरार भएका कैदी लुकेको सम्भावित सबै ठाउँमा प्रहरीले खोजी गरिरहेको पनि एसपि खड्काले बताए।

कैदी फरार भएपछि जिल्ला जिल्ला कारागारमा कार्यरत सई राम सरोबर सिंहसहित चारजनाको प्रहरी टोलीलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा तानिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिप्रका रौतहटले जनाएको छ।

प्रकाशित: २८ पुस २०७६ १४:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App