coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अपहरणमा परेकाे लिबियाली बिमानका सबै यात्रु सकुशल मुक्त

लिबिया– अपहरण गरेर माल्टाकाे विमानस्थलमा उतारिएकाे विमानमा सवार सबै यात्रुलार्इ विमानबाट मुक्त गराइएकाे छ। सुरक्षाा कर्मीले चालक दलका सदस्यबाहेक सबै यात्रुलार्इ विमानबाट सकुशल मुक्त गराइएकाे माल्टेली प्रधानमन्त्रीलार्इ उदृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्महरूले जनाएका छन्।

स्थानीय सञ्चार माध्यमका अनुसार लिबियाकाे साभाबाट त्रिपाेलीका लागि उडेकाे अफ्रिकियाह विमान अपहरणमा परेकाे थियाे।

जानकारीका अनुसार घटनामा दुई अपहरणकारी सामेल थिए। जसले बम पड्काउने धम्की दिएका थिए।

माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले सुरक्षाको उचित प्रबन्ध मिलाएर यात्रुहरूलार्इ मुक्त गरिएकाे बताएका छन्। 

विमानमा ११८ यात्रु रहेकाे अनुमान गरिएकाे छ।

 

प्रकाशित: ८ पुस २०७३ १३:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App