coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न खोजियो : कोइराला

शेखर कोइराला। फाइल तस्बिर: नागरिक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले संविधानले ग्यारेन्टी गरेको विचार अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता सूचना प्रविधि विधेयकले कुण्ठित गरेको आरोप लगाएका छन्। कोइरालाले आइतबार विज्ञप्ति जारी गर्दै विधेयक लोकतन्त्र तथा विधिको शासनको विश्वव्यापी सिद्धान्त र मान्यता विपरीत रहेको जिकिर गर्दै त्यसलाई स्वीकार गर्न नसकिने जनाएका हुन्।

‘संविधानले ग्यारेण्टी गरेको नागरिकका विचार अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने मनसायले ल्याउउन लागेको यो विधेयक हामी कुनै पनि हालतमा स्वीकार गर्न सक्दैनौं,’ कोइरालाले भने, ‘सत्ता र शक्तिलाई लिखित, मौखिक वा सामाजिक सञ्जालमा टिप्पणी गर्दा लेखक, पत्रकार, कार्टुनिष्ट, व्यंग्यकार र सर्वसाधारण नागरिकलाई जेल हाल्ने कानुन ल्याइनु सर्वसत्तावादको पूर्वाभ्यास हो।’

जनआन्दोलनको जगमा स्थापित संघिय लोकतन्त्रिक गणतन्त्र कमजोर बनाउने काम नगर्न सरकारलाई सचेत गराउँदै कोइरालाले त्यस्ता कार्यको कांग्रेसले प्रतिवाद गर्ने जनाएका छन्। सबै वर्ग, समुदायलाई संविधानप्रदत्त अधिकार कुन्ठित गर्ने गरी सरकारले ल्याएको विधेयकविरुद्ध उभिन आग्रह गर्दै उनले भनेका छन्, ‘नागरिक समाज, बुद्धिजीवी, पेशागत संघ/संस्थालगायत सम्पूर्ण नागरिक यो विधेयकविरुद्ध एक भएर उभिनुको विकल्प छैन र यस विषयमा अन्तर्राष्ट्रिय समुदायको पनी ध्यान जान जरुरी छ।’

प्रकाशित: २८ पुस २०७६ ०१:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App