coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

वीपीको पुर्ख्यौली थलोमा अर्थमन्त्री महरा (फोटो फिचर)

काठमाडौं- उप-प्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले शुक्रबार सिन्धुलीको दुम्जामा रहेको पूर्व प्रधानमन्त्री विश्वेस्वर प्रसाद कोइरालाको पुख्र्यौली थलो पुगेका छन्। विपी कोइरालाका पिता कृष्ण प्रसाद कोइरालाको भत्किएर जिर्ण घर दुम्जामा अझै छ।

सिन्धुली महोत्सवमा सहभागी भएर फर्कने क्रममा महराले दुम्जा पुगेर विपीको पुख्र्यौली थलो अवलोकन गरेका हुन्।  

डाँडामा रहेको वरपर पर्खालले घेरिएको घर देखिपछि, महराले भने–“शासनसत्ता चलाउने मानिसको घर हो भन्ने झझल्को घर बनाएको शैली र स्थानको छनौटले दिन्छ।” उपप्रधानमन्त्री महराले सिन्धुलीको दुम्जा र रामेछापमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्षलाल जन्मेको स्थान भँगेरीलाइ संरक्षण गरिने बताए। “यी दुबै स्थान नेपाली राजनीतिका तिर्थ स्थल हुन्। दुरीका हिसाबले पनि दुबै नजिक छन् । यी क्षेत्रमा पार्क र दुबै नेताहरुको सम्झना झल्कने गरी निर्माणका काम गर्न सरकारले बिशेष पहल गर्नेछ।”

उपप्रधानमन्त्री महरासँगै पूर्व मन्त्री तथा माओवादी केन्द्रका नेता हरिबोल गजुरलेल पनि सहभागी थिए। सोही ठाउँमा विपी, मातृका प्रसाद कोइराला, कृष्ण प्रसाद भट्टराई र गणेशमान सिंह लगायतले स्थापना गरेको कुशेश्वर बिद्यापिठको पनि उपप्रधानमन्त्री महराले निरीक्षण गरे।

तस्बिर शौजन्य: अर्थमन्त्रीको नीजि सचिवालय

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App