coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पाँच सय प्रहरीले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौँ- आर्थिक वर्ष २०७२/७३ मा करिब ५०० प्रहरीले सम्पत्ति विवरण बुझाएका छैनन्।

प्रहरी किताबखानाका महानिर्देशक मदन भुजेलले ५२५ प्रहरी सुरक्षाकर्मीले सम्पत्ति विवरण नबुझाएको बताए।

उनका अनुसार एक लाख नौ हजार ४०१ प्रहरी सुरक्षाकर्मीमध्ये एक लाख आठ हजार ८७६ जनाले सम्पत्ति विवरण बुझाएका छन्।

सम्पत्ति विवरण नबुझाउनेमा सबैभन्दा बढी नेपाल प्रहरीका रहेका छन् । नेपाल प्रहरीका ४७७ जना, सशस्त्र प्रहरी बलका २८ जना र राष्ट्रिय अनुसन्धान प्रहरीका २० जनाले सम्पत्ति विवरण बुझाएका छैनन् भने राष्ट्रिय सतर्कता केन्द्र प्रहरी समूहका सबैले सम्पत्ति विवण बुझाएका छन्।

किताबखानाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान प्रहरी र सतर्कता केन्द्र प्रहरी समूहका सम्पत्ति विवरण बुझ्ने काम गर्दछ।

अघिल्लो आवमा १६७ प्रहरी सुरक्षाकर्मीले सम्पत्ति विवरण नबुझाएको उनले बताए।

सम्पत्ति विवरण नबुझाउने सार्वजनिक पदधारण गरेकाहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनही रु पाँच हजार जरिवाना गर्छ। रासस

प्रकाशित: ८ पुस २०७३ ०८:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App