लामो समय शासन गरेका ओमानका शासकको निधन

आइतबार, २७ पुष २०७६, १० : २३ नागरिक

मुस्काट, (एजेन्सी)– अरब विश्वमा सबैभन्दा लामो समय शासन गर्ने शासकमध्येमा पर्ने ओमानका सुल्तान काबुस बिन सइद अल सइदको ७९ वर्षको उमेरमा निधन भएको छ।

उनको शुक्रबार निधन भएको ओमानका शाही उच्च अधिकारीले शनिबार जानकारी दिएका छन्। आधुनिक अरब राष्ट्रका शासकमध्ये सुल्तान काबुस लामो समय शासन गर्ने शासकमा पर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सन् १९७० मा उनले बेलायती सहयोगमा रक्तपातविहीन विद्रोह गरी आफ्ना पितालाई राजगद्दीबाट हटाएका थिए। त्यसबेला देखि हालसम्म झण्डै ५० वर्ष सुल्तान काबुसले ओमानमा शासन गरे। उनी केही समयदेखि क्यान्सरबाट पीडित भएकाले उपचार गराइ रहेका थिए। क्यान्सरकै कारण शुक्रबार उनको निधन भएको अनुमान गरिए पनि आधिकारिक रूपमा भने यसको पुष्टि भएको छैन।

गत महिना सुल्तान कबुसले स्वास्थ्योपचारका लागि एक साता बेल्जियममा बिताएका थिए। उनलाई क्यान्सर भएको विवरण त्यसै बेला प्रकाशित गरिएको थियो।

सुल्तान काबुस निरंकुश थिए। निरंकुश भए पनि उनी ओमानमा लोकप्रिय नेता थिए। उनी अविवाहित थिए र कसैलाई पनि उनले उत्तराधिकारी नतोकेको अधिकारीहरुले बताएका छन्।

सुल्तान काबुसले कसैलाई पनि उत्तराधिकारी नतोकेपछि पारिवारिक बैठकबाट उनकै नाता पार्ने हैथाम बिन तारिकलाई नयाँ शाही शासकका रूपमा छनौट गरिएको छ।

संस्कृति मन्त्रीसमेत रहेका ६५ वर्षीय हैथामलाई नियुक्त गर्ने निर्णय भएको सरकारी अधिकारीले शनिबार जनाएका छन्। ‘हैथाम बिन तारिकलाई देशको नयाँ सुल्तानका रूपमा शपथ ग्रहण गराइएको छ,’ सरकारी अधिकारीले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

ओमानको संविधानमा एक जना शासकको निधनभएपछि तीन दिनभित्रमा नयाँ शासक चयन गरिसक्नु पर्ने व्यवस्था भएकाले शनिबार नै नयाँ शासक नियुक्त गरिएको शाही स्रोतलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ। अधिकांश विश्लेषकले कबुसका अर्का नातेर असद बिन तारिकलाई नयाँ सुल्तानका रूपमा हेरेका थिए। सन् २०१९ मा उनलाई उपप्रधानमन्त्री तथा अन्तर्राष्ट्रिय सम्वन्ध र सहकार्य मामिला मन्त्रीमा नियुक्त गरिएकाले त्यतिबेलादेखि नै उनलाई भावी सुल्तानका रूपमा हेरिएको थियो।

ओमानमा सुल्तानलाई सर्वेसर्वा मानिन्छ। उनी आफैं ओमानको प्रधानमन्त्री सशस्त्र फौजको सर्वोच्च कमान्डर, रक्षामन्त्री, अर्थमन्त्री र विदेश मामिलामन्त्रीको जिम्मेवारीमा रहने गर्छन्। सुल्तानको निधनपछि ओमानले तीन दिन राष्ट्रिय शोक मनाउने घोषणा गरिसकेको छ।

सुल्तान कबुसले ओमानमा लगभग पाँच दशक शासन गरे। ओमानमा अहिले ४६ लाख मानिस बस्छन्। तीमध्ये ४३ प्रतिशत विदेशी छन्। २९ वर्षको उमेरमा उनले आफ्ना पिता सइद बिन तैमुरलाई सत्ताबाट हटाएका थिए।

उनका पिता सइद अतिरूढिवादी शासक थिए। उनले रेडियो सुन्न र सनग्लास लाउन पनि प्रतिबन्ध लगाएका थिए। कसले बिहे गर्न, पढ्न र देशबाहिर जान पाउँछ त्यसको निर्णय उनी आफैं गर्थे। यो सबै देखेका कबुसले आफ्नै पितालाई सत्ताबाट हटाए र आफू शासक बने। आफू सुल्तान बनेपछि उनले आधुनिक सरकार बनाउने र तेल बेचेर हुने आयबाट देशको विकास गर्ने घोषणा गरे।

कबुसले शासन हातमा लिएको बेला ओमानमा मात्र १० किलोमिटर पक्की बाटो थियो भने देशमा जम्मा तीनवटा विद्यालय थिए। बेलायती सैनिकको सहयोगमा उनले देशको उत्तरी भेगमा तत्कालीन ‘माक्र्ससिस्ट पिपल्स डेमोक्र्याटिक रिपब्लिक अफ यमन’को समर्थनमा आदिवासीले गरेको विद्रोह दमन गरेका थिए। उनलाई चामत्कारिक र दूरदर्शी नेताका रूपमा लिइन्थ्यो। उनले तटस्थ विदेशनीति अवलम्बन गरेका थिए। सन् २०१३ मा अमेरिका र इरानबीच भएको गोप्य वार्ताको मध्यस्थता उनले गरेका थिए। सो वार्ताको दुई वर्षपछि दुई पक्षबीच परमाणु सम्झौता भएको थियो।






यसमा तपाईको मत

अन्य समाचार

हिमालयन बैंक र म्याक्स मनीबीच सम्झौता

हिमालयन बैंक र म्याक्स मनीबीच सम्झौता

हिमालयन बैंक र मलेसियन कम्पनी म्याक्स मनी एसडिएन बिएचडीबीच विगतमा भएको विप्रेषणको भुक्तानी रकम राफसाफ गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ...

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

एनसेलले ल्यायो पर्यटकका लागि ‘टुरिष्ट सिम’

यस योजना अन्तर्गत भ्रमणमा आएका विदेशी पाहुनाले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा कल गर्न मिल्ने अल नेटवर्क टक टाईम...

ह्यून्डाई कोना ईलेक्ट्रीकलाई गिनिज वल्र्ड रेकर्डस उपाधि

ह्यून्डाई कोना ईलेक्ट्रीकलाई गिनिज वल्र्ड रेकर्डस उपाधि

ईलेक्ट्रीक SUV कोनाले गिनिज वल्र्ड रेकर्डसको प्रतिष्ठित उपाधि जित्न सफल भएको छ । ...

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत शनिबार आफ्नो गण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम...

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर सार्वजनिक

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर सार्वजनिक

नेपालको औधोगिक तथा ब्यबसायिक घराना माझ लोकप्रीय तथा देशको आर्थिक विकासमा सर्मपित एम. भी. दुगड़ ग्रुप नेपालको सफल ब्यबसायी दुगड...

अब विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएसमा

अब विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएसमा

नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अब विकास...

सिप्रदिद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

सिप्रदिद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

टाटा मोटर्स् नेपालको लागि एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि द्वारा दशैं वम्पर लक्की ड्र को उपहार घोषणाको कार्यक्रम...

कान्ति अस्पतालको ब्लड बैंक सेवा पुन सुचारु

कान्ति अस्पतालको ब्लड बैंक सेवा पुन सुचारु

ब्लड बैंक सेवालाई पुन सुचारु गरी  सञ्चालनमा ल्याउन राउन्ड टेबल नेपाल र कान्ति बाल अस्पताल बिच सम्झौता भएको छ। ...

Ncell Footer Ad