७ वैशाख २०८१ शुक्रबार
कला

जनचेतना जगाउन च्यारिटी सो ‘छपाक’

काठमाडौं – जोन्टा क्लब काठमाडौंले एसिड आक्रमणजस्तो जघन्य अपराध अन्त्य गर्न जनचेतनामूलक ‘छपाक’ नामक चलचित्र प्रदर्शन गरेको छ। ‘छपाक’ एसिड आक्रमणमा परेकी युवती लक्ष्मी अग्रवालको यथार्थ कथामा आधारित चलचित्र हो। १५ वर्षको उमेरमा एसिड आक्रमणमा परेकी लक्ष्मीको संघर्षमय जीवन कथा यस चलचित्रमा देखाइएको छ।

चलचित्रमा एसिड आक्रमणबाट अनुहार सबै जलेपछि महिलाले सामना गर्नुपर्ने अवस्थालाई देखाइएको छ। लक्ष्मीले एसिडको दुरुपयोग रोक्न ‘स्टप सेल एसिड’ अभियान सुरु गरेकी थिइन्। जसलाई भारतको उच्च अदालतले सन् २०१३ मा बेच्न प्रतिबन्धसमेत लगाएको थियो। चलचित्रले एसिड आक्रमणबाट बच्न र यसको समस्या भोगिरहेका महिलालाई सशक्तीकरण गराउन समेत प्रेरणा दिएको छ। लक्ष्मीले सुरु गरेको अभियानका लागि सन् २०१४ मा अन्तर्राष्ट्रिय साहसिक महिला अवार्डबाट सम्मानित भएकी थिएन्।

‘नकारात्मक दृष्टिकोण र दुरुपयोगबारे जागरुकता जगाउने प्रयास हो, हामी आशावादी छौं कि यस प्रकारको जनचेतनाले अन्ततः कलंक अन्त्य गर्न मद्दत पु¥याउने छ,’ क्लबका अध्यक्ष मिरा ज्योतिले भनिन्, ‘एसिडको अवैध र अनाधिकृत बिक्री रोक्न र महिलाहरूलाई सशक्तीकरण र मानव अधिकारको संरक्षण र प्रवद्र्धनमा जोड दिन्छौं।’ जोन्टा क्लब महिला तथा बालिकाको हक अधिकारका लागि वकालत र्दै आइरहेको उनले बताइन्। साथै क्लबले सन् २०१८–२०२० मा बालविवाह अन्त्य गर्न लागिपरेको जनाएको छ।

प्रकाशित: २७ पुस २०७६ ०४:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App