८ वैशाख २०८१ शनिबार
समाज

ज्यादतीविरुद्ध बोल्दा ज्यान गयो

काठमाडौं – मुस्किलले सामान्य सहरी सुविधा पुगेको धनुषाको सिरिपुर गाउँमा ठूलाबडाको ज्यादती नै चल्छ। नदी–खोलाबाट जनप्रतिनिधिले खुुलेआम बालुवा, ढुंगा र गिटी उठाउँछन्। दर्ता र नवीकरण नगरी जनप्रतिनिधिकै रोहबरमा क्रसर उद्योग खुलेका छन्। शक्तिको आडमा पहुँचवालाले दिनरात गाउँलेमाथि अत्याचार हुनेगरी टिपर दौडाउँछन्। क्रसर उद्योगको मालिकका रूपमा चिनिएका विपीन महतोले जनप्रतिनिधिसँगको साँठगाँठमा ५० भन्दा बढी टिपर प्रयोग गर्छन्। टिपर चालकको दादागिरीले गाउँलेलाई नै आतंकित पार्दै आइरहेको छ। ‘गिटी–बालुवा भरिएका टिपरले स्थानीयलाई राति शान्तसँग सुत्न पनि दिँदैनन्,’ शनिबार काठमाडौंको माइतीघर मण्डलामा चालक र क्रसर व्यापारीमाथि कारबाही माग गर्दै सिरिपुरका चन्द्र यादवले भने, ‘रातभर चर्को आवाज र तीव्र गतिमा गुड्ने टिपरले निद्रा बिथोल्छन्, यही विषयमा बोल्दा चालकले मारिदिए, यो असामान्य घटना हो।’

क्रसर सञ्चालकको ज्यादती भएपछि शुक्रबार बिहानै २४ वर्षीय ओमप्रकाश (दिलीप) महतो घरबाट निस्किएका थिए। त्यतिबेला बिहानको ४ बजेको थियो। औरही खोलाकिनार दुवैतिर स्थानीयको खेत छ। टिपर र क्रसर व्यवसायीको ज्यादती सम्झेर ओमप्रकाशलाई निद्रै लागेन। बिहानै उठेर उनी खेतनजिकै बालुवा र गिटी उत्खनन भएको ठाउँमा पुगे। औरही खोलाबाट रातिमा गिटी–बालुवा झिकेर क्रसर उद्योगमा पु-याइन्छ।

टिपर र क्रसर व्यवसायीले अचाक्ली दुःख दिन थालेपछि शुक्रबार महतो ‘मर्निङ वाक’ गएजसरी खोलामा पुगेका थिए। उनले जथाभाबी नदी दोहन नगर्न भन्दा ना७ख ६४१३ नम्बरका चालक सन्किए र ‘निहुँ खोज्छस् ?’ भन्दै उनीमाथि टिपर चलाए। ओमप्रकाशले अघिल्लो दिन बिहीबार काठमाडौंमा रहेका साथी नवरत्न साहलाई फोन गरेर ‘क्रसर र टिपर व्यवसायीको दादागिरी अन्त्य गर्नुपर्ने बताएका थिए। अघिल्लो दिन आफूसँग कुराकानी गरेका साथीको शुक्रबार बिहानै टिपरले किचेर ज्यान लिएको थाहा पाएपछि आफू भक्कानिएको साहले बताए। ‘गाउँका टाठाबाठा हुनुहुन्थ्यो, कैयौंको भरोसा उहाँमाथि थियो,’ उनले भने, ‘हामीले गाउँकै भरोसा गुमायौं।’ ठमाडौं आएर बसेका युवाले शनिबार घटनाको निन्दा गर्दै दोषीमाथि कारबाहीको माग गर्दै माइतीघर मण्डलमा प्रदर्शन गरे। विरोध प्रदर्शनमा सहभागीले ओमप्रकाशलाई मार्ने प्रपञ्चमा सहभागी टिपर चालक र क्रसर व्यापारीलाई जन्मकैद सजायको माग गरे। ‘जो अन्यायमा परेको छ, उसैको ज्यान लिइयो, गाउँलेको प्रतिनिधित्व गरेर बोल्नेको ज्यान लिनु अपराध हो,’ निर्मला यादवले भनिन्।

गाउँकै भरोसा गुमायौं
नवरत्न शाह
उहाँ (ओमप्रकाश महतो) माथि सारा गाउँलेको भरोसा थियो। उमेर सानै भए पनि परिपक्व हुनुहुन्थ्यो। गाउँलेको हितमा डटेर बोल्नुहुन्थ्यो। जनप्रतिनिधिकै मिलोमतोमा भएका कतिपय गैरकानुनी कामको विरोध गर्नुहुन्थ्यो।
तर गाउँलेको अधिकार माग्दा उहाँलाई टिपरल

जन्मकैद सजाय हुनुपर्छ
चन्द्र यादव
जनप्रतिनिधि र अन्य नेताले गाउँका बासिन्दाको वास्ता राख्दैनन्। खेती गर्ने ठाउँ क्रसर व्यवसायीले दोहन गरिदिएका छन्। टिपरचालक र क्रसर डनको विरोधमा र गाउँलेको हितमा केही युवा बोल्थे। गाउँलेको हितमा बोल्दा ओमप्रकाशको टिपरले किचेरै ज्यानै लिइयो। घटनामा संलग्न टिपरचालक, जनप्रतिनिधि र क्रसर व्यवसायीलाई जन्मकैद सजाय हुनुपर्छ।

प्रकाशित: २७ पुस २०७६ ०२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App