७ वैशाख २०८१ शुक्रबार
राजनीति

मोर्चाभित्रकै अतिवादीका कारण संशोधन लम्बियोः अध्यक्ष झा

वीरगन्ज– नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मधेसी मोर्चाभित्र पनि अतिवादी प्रवृत्ति रेहेको आरोप लगाएका छन्। ज्यादा क्रान्तिकारी र ज्यादा आन्दोलनकारी दिखिने मानसिकताले त्यस्तो अतिवादी सोच, प्रवृत्ति र व्यवहारलाई बल पुर्याएको उनको ठहर छ। राष्ट्रिय देलका केही नेतामा देखिएको अतिवाद र मधेश केन्द्रित क्षेत्रीय दलहरुमा देखिएको अतिवादकै कारण समस्याको समाधान हुन नसकेको शुक्रबार वीरगन्जमा आयोजित एक पत्रकार सम्मेलनमा उनले बताए।  

अति भएर प्रस्तुत हुने शैलीले उतिबेला आन्दोलन लम्बिएको र यतिबेला संविधान संशोधन अड्किएर राजनीतिक निकास अवरुद्ध भएको अध्यक्ष झाले बताए।

‘मधेस नेपालभित्र कै भूभाग हो जहाँ मधेशी बस्छन्, एमाले राष्ट्रियस्तरको ठूलो पार्टी हो, एउटा समुदाय विषेशको होइन्, मधेसभित्र पनि मधेसबादीभन्दा बढी मत हासिल गरेको दल हो, उसले मधेससँग किन रिस राखेको हो बुझ्न सकिएन,’ आरोप लगाउँदै उनले भने, ‘अहिलेको संविधान संसोधनको विधेयकमा पेस गरिएको भन्दा बढी उदार किसिमले प्रस्तावहरु मधेसका सवालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अनौपाचारिक रुपमा मोर्चासमक्ष आएको थियो, अहिले त्योभन्दा थोरै कुरालाई पनि एमालले स्विकार नगर्नुको औचित्य देखिँदैन, पार्टी प्रतिपक्षमा हुँदैमा उसको धारणामा परिवर्तन आउनु हुँदैन।’
त्यतिबेला अति आन्दोलनकारी भएर प्रस्तुत भएका मोर्चा आबद्ध दलका नेताका कारण एमालेको प्रस्तावमा अगाडी बढ्न नसकेर आन्दोलन लम्बिएको र अहिलेसम्म निकास नआएको झाको भनाइ छ। लोकतन्त्रको रक्षाका लागि र संबिधानलाई असफल हुनबाट जोगाउन पनि संविधान संसोधन आवश्यक रहेको झाले बताए। एक पटक उठान भएर सकिसकेको मधेशमा अतिवादी गतिविधी फेरी सुरु हुने सम्भावना जनाउँदै उनले चिन्ता व्यक्त गरे।

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा संविधान संशोधन प्रस्ताव फालेर औपचारिकता पूरा गरेको आरो लगाउँदै उनले एमाललेले चाहेमा निकास सम्भव रहेको बताए।  

पूर्वराजा ज्ञानेन्द्र शाह जनताको हैसियतमा आइसके पनि उनी पूर्व शासक भएकोले उनको कुराले राजनीतिमा अर्थ राख्ने र तरंग पैदा हुनु स्वभाविक भएको उनले बताए। मधेसका मुद्दाहरुको सम्बोधन गर्न अपुग रहे पनि अहिलेको संविधान संसोधन पारित हुन मुलुकको राष्ट्रिय आवश्यकता रहेको उनले दावी गरे।

प्रकाशित: ८ पुस २०७३ ०६:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App