८ वैशाख २०८१ शनिबार
समाज

नुवाकोटका दुई स्थानीय तहमा पृथ्वीजयन्तीमा सार्वजनिक बिदा

नुवाकोट- तत्कालिन श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्तीको अवसरमा नुवाकोटको दुई स्थानीय तहले आइतबार सार्वजनिक बिदा दिएको छ।

नेपाल एकिकरणको अभियान सुरुवात गर्दै विजयी हासिल गरी २५ वर्षसम्म नुवाकोटको साततले दरबारबाट राज्य सञ्चालन गरेको भन्दै स्थानीय पर्वको रुपमा पृथ्वीजयन्ती मनाउन विदुर नगरपालिका र सूर्यगढी गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो।

पृथ्वीनारायण शाहको मृत्यु पनि नुवाकोटको देविघाटमा भएकोले स्थानीय पहिचानलाई जोगाइराख्न राष्ट्रिय एकिकरण दिवसको रुपमा मनाउन ती स्थानीय तहले छुट्टाछुट्टै प्रेस विज्ञप्तीमार्फत सार्वजनिक बिदा दिएको जनाएको छ।

पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा देविघाटमा रहेको पृथ्वी स्मारक क्षेत्रमा सरसफाई गरिएको छ। यस्तै २९८औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिले आइतबार साततले दरवार परिसरमा विशेष कार्यक्रम गर्दैछ।
    

प्रकाशित: २६ पुस २०७६ १३:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App