१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हिमपातले विकास निर्माणका काम प्रभावित

मुगु- मुगु जिल्लाको पूर्वीकरान भेगमा पर्ने मुगुमकामरोङ्ग गाउँपालीकामा हिमपातले विकास निर्माणका काम प्रभावित भएका छन्। जिल्लाको चार स्थानीय तहमध्ये उच्च पहाडी क्षेत्रमा अवस्थित मुगमकार्मारोङ्ग गाउँपालिकामा हिमपातले विकास निर्माणका काम प्रभावित भएका हुन्। मुगु, डोल्फु चितै, किम्री, ताखा, खारीलगायत बस्तीमा हिउँले ढाकेपछि गाउँपालिका गैसस र अन्य निकायबाट सञ्चालन हुने विकास निर्माणका काम अवरुद्ध भएका छन्।

बाक्लो हिउँले जमिन नछोड्दासम्म बाटो, खानेपानी, मठमन्दिर निर्माण, भवननिर्माण, पुललगायत योजना सञ्चालन गर्न कठिनाइ भएको छ। भारी हिमपातका कारण निर्माण कार्य अवरुद्ध भएको मुगुमकामरोङ्ग गाउँपालीकामा गाउँपालिका प्रमुख छिरिङक्याप्ने लामाले बताए।

माथिल्लो बस्ती मुगु, चितै, डोल्फू, किम्री गाउँबस्तीमा फागुन अन्तिमसम्म पनि विकास निर्माण अघि बढाउन मुस्किल हुने उनको भनाइ छ। हिउँले असर नगर्ने तल्लो बस्ती छाइल, माग्री, पापु लगायत स्थानमा विकास निर्माणका काम भइरहेको र माथिल्ला बस्तीमा हिउँले रोकिएको अध्यक्ष लामाले जानकारी दिए।

गाउँपालिकाको सबै भन्दा माथिल्लो बस्ती मुगु गाउँका स्थानीय हिउँ छल्न मंसिरमै तराइ र खोंचतिर झरेपछि गाउँतिर नउक्लिँदासम्म कुनै पनि विकास निर्माणका काम सञ्चालन गर्ने अवस्था छैन तातो लागेपछि चैत र वैशाख महिनामा स्थानीय गाउँतिर उक्लिएपछि बल्ल वर्ष निर्माणको काम सुरुवात हुने गरेका छन् ।

यसैबीच, हिउँदको समयमा मुगुम कार्मारोङ्ग गाउँपालिका अत्याधिक हिमपात हुनेर चिसाले जनजीवन प्रभावित हुने भएकाले त्यस क्षेत्रमा रहेका विद्यालयमा हिउँदे बिदा दिइएको छ।

छाँयानाथ रारा नगरपालिका, खत्याड र सोरु गाउँपालिकाका सबै विद्यालयमा बर्षा बिदा हुने गरे पनि मुगुमकामरोगं गाउँपालिकामा अत्याधिक चिसोका कारण हिउँदे बिदा हुने गरेको हो। चिसोका कारण त्यस क्षेत्रका विद्यालयमा पुस १५ गतेदेखि फागुन १५ गतेसम्म विद्यालय बन्द हुने गरेका मुगुमकामरोगं गाउँपालिका प्रमुख छिरिङक्याप्ने लामाले बताए।

उनका अनुसार मुगुुमकामरोगं गाउँपालिका रहेका विद्यालयमा माथिल्लो क्षेत्रमा हिउँदे बिदा भएको भएपनि तल्लो क्षेत्रमा रहेका विद्यालय लाई सञ्चालनमा रहेका बताए। तल्लो क्षेत्र बुद्ध मावि माग्री र छायलको विद्यालयमा वर्षेबिदा हुने गरेका छन्।

बन्द भएका विद्यालयमा फागुन १५ गतेपछि मात्र पठनपाठन सुचारु गरिने बताइएको छ। त्यस क्षेत्रमा १७ सामुदायिक र १ संस्थागत गरी १८ विद्यालय रहेका छन्।

प्रकाशित: २६ पुस २०७६ १३:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App