८ वैशाख २०८१ शनिबार
राजनीति

सरकार पूर्णत भौतिकवाद र द्वन्द्ववादमा आधारित छ : नेता खाँण

भैरहवा- अहिलेको कम्युनिष्ट सरकार पूर्णत भौतिकवाद र द्वन्द्ववादमा आधारित रहेको नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक एंव पूर्वमन्त्री बालकृष्ण खाँणले बताएका छन्।

नेपाली काँग्रेस नगर समिति सिद्धार्थनगरले दोगहरीमा आयोजना गरेको कम्बल वितरण कार्यक्रममा बोल्दै नेता खाँणले कम्युनिष्टहरुले परम्परा आधुनिकता र द्वन्द्ववादको नाममा मानिसलाई भौतिकरुपमा माटो फलाम काठ जस्तो मान्ने गरेको बताए। मानव पदार्थ नभई गतिशील जीवन्त अनुभुति र सेवा गर्ने भावना भएको सर्वोत्कृष्ठ प्राणी भएकोले लोकतन्त्रिक शासन व्यवस्थाले र नेपाली काँग्रेसले यसलाई कदापि स्वीकार नगर्ने बताए।

लोकतान्त्रिक शासन व्यवस्था सुदृढ भयो भने आम जनता बलियो हुन्छ। आफ्नो कुरा सरकारसँग माग्न ध्यानाकार्षण गराउन ,सरकारको गल्तीको विरोध गर्न जनताले पाउँछन्। नेपाली काँग्रेस जनतालाई सबल, सुदृढ, बलियो, सुखी र सम्पन्न बनाउनै लोकतान्त्रिक शासन व्यवस्थाको पक्षमा लागेको खाँणले बताए।

नेता खाँणले अहिलेको सरकारले नयाँ कानुनबाट आमनागरिकलाई बोल्ने अधिकार, मानव अधिकार, प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने र आधुनिक समाजिक संजाललालई कमजोर बनाउने पक्षमा रहेकोले सामाजिक सदभावलाई प्रहार गर्ने सरकारको कामको विरोधमा नेपाली काँग्रेस लागेको बताए। सूचना प्रविधी विधेयकको विरोधमा ५ वर्षको कैद र १५ लाख जरिवानासम्मको सजायको व्यवस्था गर्न लागेकोले यस्तो कानुन कुनै पनि देशमा छैन र यसलाई लागु हुनै नदिने बताए।

अहिले कांग्रेस केही कमजोर भएको कारणले मुलुकको लोकतन्त्र, लोकतान्त्रिक पद्धति मूल्य र मान्यता पनि कमजोर भएको छ। मुलुकको लोकतान्त्रिक पद्धति कमजोर भएमा राष्ट्रमाथि गम्भीर आघात पर्न सक्छ, उनले भने।

चिसोबाट प्रभावित र जाडोबाट कठ्याङरिएर रहेका जनतालाई केही राहत पुगोस भन्ने उद्देश्यले सिद्धार्थनगर वडा नं. १० का प्रभावित ४६ गरिब तथा विपन्न समुदायका परिवारलाई कम्बल वितरण गरिएको छ।

केही दिनयता लगातार शीतलहर चल्दा गरिब तथा अति विपन्न परिवारलाई असहज भइरहेको अवस्थामा नेपाली काँग्रेस सिद्धार्थनगर समितिले कम्बल वितरण गरेको हो। चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस्  र जीवनयापनमा राहत पुगोस भन्ने उदेश्यका साथ कम्बल वितरण गरेको कार्यक्रम संयोजक राजकुमार गुप्ताले बताए यो कार्यलाई निरन्तरता दिनेछौ।

कार्यक्रममा जिल्ला सभापति अब्दुल रज्जाक, कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, क्षेत्रिय समितिका सभापति मातृका यादव,  दिलीप धिताल, वडा अध्यक्ष विजय धवल लगायतले कम्बल वितरण गरेका थिए।

 

प्रकाशित: २६ पुस २०७६ १२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App