coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

स्पाइस जेटबाट ३ हजार १११ रुपैयाँमा दिल्ली–बैंकक

काठमाडौं—भारतीय बजेट एयरलाइन्स कम्पनी स्पाइसजेटले क्रिसमस उपलक्ष्यमा अन्तर्राष्ट्रिय रुटमा भाडादर घटाएको छ।

डिसेम्बर २५ सम्म बुकिङ गर्नुपर्ने यो अफरमा सहभागी यात्रुले जनवरी १५ देखि अक्टोबर २८ सम्म उडान गरिसक्नु पर्नेछ।

डिसेम्बर २५ सम्म बुकिङ गर्नुपर्ने यो अफरमा सहभागी यात्रुले जनवरी १५ देखि अक्टोबर २८ सम्म उडान गरिसक्नु पर्ने कम्पनीको आधिकारिक वेबसाइटले जनाएको छ।

स्पाइसजेटले नयाँ दिल्ली, कोलकाता, हैदरवादलाई हब मानेर ४२ वटा बोइङ विमानबाट सेवा सञ्चालन गर्दै आएको छ। क्रिसमस अफर अन्तर्गत स्पाइसजेटले आफ्ना ननस्टप रुटबाट बैंककको भाडा ३ हजार १११ भारतीय रुपैयाँ तय गरेको छ। मस्कट र कोलम्बोको भाडादर पनि त्यति नै छ। यसैगरी दुबईको भाडादर ४७८६ अर्थात् २५८ युएइ दिराम तय गरिएको छ।

स्पाइसजेटले थप ४२ वटा विमान खरिदका लागि अमेरिकी जहाज निर्मातासँग प्रक्रिया अघि बढाइरहेको छ।
 

प्रकाशित: ८ पुस २०७३ ०६:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App