४ वैशाख २०८१ मंगलबार
अर्थ

प्रदेशकै पहिलो मत्स्य महोत्सव बर्षाका कारण सारियो

बर्षाले अवरुद्ध भएको महोत्सव स्थल ।

भैरहवा- प्रदेश ५ कै पहिलो मत्स्य महोत्सव रुपन्देहीमा आजबाट हुने भनिएको मत्सय कृषि तथा माघी महोत्सव २०७६ बर्षाका कारण माघ १ गतेका लागि सारिएको छ।

महोत्सव स्थलमा पानीले अवरोध गरेपछि माघ १ गतेदेखि ५ गतेसम्मका लागि महोत्सव ५ दिनपछि सारिएको हो। माछाको सुपर जोन क्षेत्रमा भएको माछा उत्पादनको प्रदर्शन गर्न, नेपाल भ्रमण वर्ष २०२० र लुम्बिनी भ्रमण वर्ष २०७६ लाई लक्षित गरि रुपन्देहीको सियारीस्थित अमवामा जनता माविको खेलमैदानमा महोत्सव गर्न लागिएको छ।

माछापालनको व्यवसायिकरण र उत्पादनको प्रचारप्रसारलाई प्रभावकारिता बढाउन रुपन्देही जिल्लाका सियारी, सुद्धोधन, गैँडहवा र मायादेवी गाउँपालिकाको संयुक्त आयोजनामा कृषिलाई विशेष लक्षित गरि ‘कृषि, मत्सय पर्यटन र पूर्वाधार ग्रामिण विकासको आधार’ भन्ने मुल नाराका साथ महोत्सव आयोजना हुँदैछ। नेपाल सरकारका कृषी तथा पशुपन्छी मन्त्री घनश्याम भुसालले महोत्सवको उद्घाटन गर्ने आयोजकले जानकारी दिएका छन्।

महोत्सवमा माछामा अधारित ४० वटा स्टल रहने छन्। निःशुल्क प्रवेशको व्यवस्था रहेको उक्त महोत्सवमा पोखरीसहितको माछापालन गर्ने सबै प्रक्रिया नमूना स्वरुप देखाइनेछ। माघी महोत्सवको रुपमासमेत लिइएको सो महोत्सवमा थारु साँस्कृतिक कार्यक्रमसहित अन्य झाकी प्रदर्शन, स्थानीय उत्पादन, माछाका बिभिन्न परिकार, कृषिका उत्पादन र कृषकका उपजदेखि कृषि औजारहरु प्रदर्शनमा राखिने छ।

महोत्सव  सफल बनाउन नेपाल मत्स्य व्यवसायी संघ जिल्ला कार्य समिति रुपन्देहीका अध्यक्ष दिवाकर भुसालको संयोजकत्वमा मुल समिति २१ सदस्यीय सचिवालय गठन गरिएको छ।

 

 

प्रकाशित: २६ पुस २०७६ १०:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App