८ वैशाख २०८१ शनिबार
राजनीति

देशको सीमा मिच्न खोजे कडा प्रतिवाद गर्छौ: रक्षामन्त्री पोखरेल

भिक्ट्री म्याराथन एण्ड युनिटि रन प्रतियोगीताको उदघाटन गर्दे उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल।

बुटवल - उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले देशको सीमा कसैले मिच्न खोजे त्यसको डटेर प्रतिवाद गर्ने बताएका छन। नेपाली सेनाले शनिबार बुटवलमा आयोजना गरेको भिक्ट्री म्याराथन एण्ड युनिटि रन प्रतियोगीताका बिजयी धावकहरुलाई पुरस्कार बितरण गर्दै रक्षा मन्त्री पोखरेलले ऐतिहासिक तथ्य प्रमाणका आधारमा देशको सीमा रक्षा गर्न सम्पुर्ण नेपालीहरु एकताबद्ध रहेको बताए। राष्ट्रिय एकताकाको अभियानका लागि  बर्तमान सरकार व्यवस्थित योजनाका साथ अगाडि बढिरहेको उनको भनाइ थियो।

‘राष्ट्रियता स्वाभिमान, स्वतन्त्रता र अखण्डताको रक्षाका लागि सम्पुर्ण नेपालीहरुलाई एकताबद्ध गराएर अगाडि  बढ्न चाहान्छौ’ रक्षा मन्त्री पोखरेलले भने। देशको स्वाभिमान र सीमा रक्षाका लागि जसरी  बीर पुर्खाहरुले बलिदानी दिए त्यसैगरी राष्ट्र र राष्ट्रियताको रक्षाकालागि अहिले पनि हरेक नेपालीहरु एकताबद्ध रहेको मन्त्री पोखरेले बताए।  मुलुकको स्वाभिमान संसार सामु उचो राख्न म  मेरो भन्ने भावना त्यागेर सबैले हामी भन्ने भावनाको विकास गर्नु पर्नेमा जोड दिए।

ऐतिहासिक गढी तथा किल्लाहरुको महत्वलाई उजागर गर्दै युवा पुस्तालाई राष्ट्र र राष्ट्रियता प्रति जिम्मेबार बनाउन यस्ता प्रतियोगीताले महत्वपूर्ण भूमिका खेल्ने भन्दै रक्षा मन्त्री पोखरेलले नेपाली सेनाको मध्यपश्चिम पृतनालाई धन्यबाद दिए।  ‘हामीहरु राष्ट्रिय गौरबका  महत्वपूर्ण कुराहरुलाई जीवीत राख्न चाहन्छौं। नयाँ पुस्ताहरुलाई ती ऐतिहासिक प्रसंगहरुबाट शिक्षित र दिक्षित गर्न चाहान्छौं र सोही उद्येस्य अनुरुप यो कार्यक्रम गरिएको हो’ रक्षा मन्त्री पोखरेलले भने।

नेपाली सेनाको मध्यपश्चिम पृतना बुटवलले राष्ट्रिय एकताको सन्देश दिदै ऐतिहासिक जीतगढी किल्लाको प्रबद्र्धन तथा नेपाल भ्रमण बर्ष २०२० को प्रचार गर्ने उद्येस्यले भिक्ट्री म्याराथन एण्ड युनिटि रन प्रतियोगीताको आयोजना गरेको हो। प्रतियोगीतामा सहभागीको हौसला बढाउन ५ किलोमिटर युनिटि रनमा रक्षा मन्त्री पोखरेल संगै प्रदेश नं. ५ का मुख्य मन्त्री शंकर  पोखरेल,आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी,उद्योग वन बातावरण तथा पर्यटन मन्त्री लिला गीरी समेतले केही बेर दौडेर सहभागीता जनाएका थिए।

प्रकाशित: २६ पुस २०७६ १०:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App