८ वैशाख २०८१ शनिबार
राजनीति

पुरानो मन्दिर भत्काएरै नयाँ भवन बन्ने हो: अर्थमन्त्री महरा

अर्थमन्त्री कृष्णबहादुर महरा

सिन्धुली— उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले जसरी पनि संविधान संसोधन गर्ने बताएका छन्। ‘हामी धेरैभन्दा धेरैको सहमतीमा संविधान संसोधन गर्न चाहन्छौं, सिन्धुली महोत्सवमा सम्बोधन गर्दै महराले भने, ‘पुरानो मन्दिर भत्काएर नै नयाँ भवन बन्ने हो। समयअनुसार संविधान संसोधन हुन्छ।’

‘हामी धेरैभन्दा धेरैको सहमतीमा संविधान संसोधन गर्न चाहन्छौं, सिन्धुली महोत्सवमा सम्बोधन गर्दै महराले भने, ‘पुरानो मन्दिर भत्काएर नै नयाँ भवन बन्ने हो।'

कुनै एक दलको मात्र नहुने भन्दै उनले भने, ‘हामी अगाडि बढ्छौं, अगाडि बढ्ने कुरामा कसैले छेक्न सक्दैन, संविधान संसोधन गरेर निर्वाचन हुन्छ।’
उनले पुर्वराजा ज्ञानेन्द्रले गरेको भाषणको पछाडी नलाग्न उनले सुझाव दिए।

नाकाबन्दी भूकम्पले गर्दा देशको अर्थिक स्थिति कमजोर भएको उनले बताए। समृद्ध नेपाल बनाउनका लागि समृद्ध गाउँ बन्नुपर्ने उनको भनाइ थियो।
सिन्धुलीको ऐतिहासिक सिन्धुलीगढीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आफू प्रतिवद्ध रहेको भन्दै त्यसको लागि बजेट विनियोजन गर्ने आश्वासन समेत दिए। नेकपा माओवादी केन्द्रका नेता समेत रहेका अर्थमन्त्री महरा बिपी राजमार्गको चियाबारीदेखि खुर्कोटसम्म सुरुङमार्ग बनाउन पहल गरिने बताए।

मन्त्री महराले सिन्धुलीबजार प्रबेशद्धार उमुद्घाटन गर्नुका साथै राजनीतिक दलले राखेको मागसहितको ज्ञापन पत्र समेत बुझेका थिए।
समृद्ध सिन्धुली निर्माणको आधार, कृषि पर्यटन र उद्योगको क्षेत्रको लगानीमैत्री बातावरणमा सुधार भन्ने नारा सहित बुधबारबाट सिन्धुली महोत्सव सुरु भएको छ। १८ गतेसम्म चल्ने महोत्सवको पहिलो दिन चर्चित गायक नबिन पौडेलले दर्शक नचाएका थिए।

प्रकाशित: ८ पुस २०७३ ०५:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App