७ वैशाख २०८१ शुक्रबार
समाज

पाल्पामा एचआईभी सङक्रमितकाे संख्या बढ्दै

पाल्पा– जिल्लामा पछिल्लो सयमा एचआईभी सङक्रमितहरुको संख्या थपिंदै गएको छ । एचआईभी÷एड्सको नयाँ संक्रमण र सर्ने दरलाई २०१६ भित्र शुन्यमा पुर्याउने घोषणा सरकारले ग¥र्यो । तर जिल्लामा भने २०१६ सकिन लाग्दा एचआइभी सङक्रमितको संख्या भने बढिरहेको छ ।

यस वर्ष पाल्पामा २ सय ९५ जना व्यक्ति एचआइभी एड्सबाट संक्रमित भएको पाइएको छ । यस वर्षमात्र जिल्लाका स्वास्थ्य संस्थामा एचआइभी परीक्षणबाट सत्ताईस र बाहिरी जिल्लाका स्वास्थ्य परीक्षणबाट तीन जनामा एचआईभी भेटिएको हो । संक्रमितहरु मध्ये १ सय ५७ जना पुरुष र १ सय ३८ जना महिला रहेका छन् । ती मध्ये १८ वर्ष मुनिका ३८ बालबालिका रहेका छन् । उनीहरुलाई कार्यालयले मासिक एक हजार रुपैयाँ सहयोग गर्दै आएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले बताए ।

आर्थिक वर्ष २०६९/७० मा १ सय २ जना सङक्रमित भेटिएकोमा आव २०७०/७१ मा ८६ जना नयाँ पत्ता लागेको थियो । गत आव २०७१/७२ मा यसको संख्या बढेर १ सय ४ जना पुगेको थियो । गत वर्ष २ सय ६५ सङक्रमित जिल्लामा रहेका थिए । अहिले २ सय ९५ सङक्रमितहरु जिल्लामा रहेकोे जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकृत माधव ज्ञवाली बताउँछन् । यससँगै संक्रमित आमाबाबुबाट जन्मेका शिशुहरु एचआइभी संक्रमित हुने दर समेत बढ्दो छ । पछिल्लो समय जिल्लामा ४१ जना संक्रमित सार्वजनिक भएका छन् । गत आर्थिक वर्ष पाल्पामा संक्रमितहरु मध्ये पा“चजनाले ज्यान गुमाएका थिए ।

आमाबाबुले नियमित रुपमा औषधिको सेवन नगर्दा समेत नवजात शिशु एचआइभी संक्रमित हुँदै आएका छन् । युनाइटेड मिसन अस्पतालले सङ्क्रमितका लागि निःशुल्क ‘एआरभी’ औषधि वितरण गर्न थालेपछि एचआइभी एड्सका सङक्रमितलाई ठूलो राहत मिलेको छ । जिल्लामा १ सय ७१ जनाले नियमित ‘एआरभी’ औषधि सेवन गरेका छन् । संक्रमित हुनेहरु बढी छिमेकी मुलुकभारतबाट फर्किएका र उनका घरपरिवारहरू छन्।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले एचआइभी सङक्रमणको दरलाई न्यूनिकरण गर्नकालागि पाल्पाका बर्थिङ्ग सेन्टरहरुमा ‘डिटरमाइन्ड टेस्ट’ समेत सुरु गरेको छ । २६ वटा बर्थिङ्ग सेन्टर रहेको पाल्पामा गर्भवति महिलाबाट जन्मिने शिशु र बच्चाकालागि अनिवार्य टेस्टको व्यवस्था गरिएको ज्ञवालीले बताए । ‘डिटरमाइन्ड टेस्ट’ गर्नकालागि पाल्पाका १ सय ८४ स्वास्थ्यकर्मीहरुलाई तालिम समेत प्रदान गरिसकिएको छ । एचआइभी पोजेटिभ भएको सुनिश्चितता गर्नकालागि तीन चरणमा परीक्षण हुनु जरुरी छ । यो परीक्षण पहिलो चरणको हो । यदि यसमा एचआइभी पोजेटिभ भएको देखिएमा अन्य टेस्ट सुरु हुने उनले बताए ।

पाल्पामा एचआइभी संक्रमितलाई जिल्ला स्वास्थ्य कार्यालय, सक्रिय सेवा समाज र जिल्ला बालकल्याण समितिले आर्थिक, शौक्षिक, स्वास्थ्य र विभिन्न किसिमका तालिमको व्यवस्था गदै आएको छ । ‘एआरभी’ नियमित उपचार औषधी खाने विधि ‘एआरटी’ हो । यो औषधीको सेवनले छिटो सङक्रमण उच्च हुन र मृत्यदरमा कमी ल्याउन मद्दत गर्दछ । जिल्लामा युनाईटेड मिशन अस्पतालबाट एआरटी विधिमा स्वास्थ्यकर्मीहरुको सल्लाहमा निशुल्क औषधीको व्यवस्था गरिएको छ ।

एचआइभी र एड्स नितान्त स्वास्थ्य क्षेत्रको मात्र समस्या नभई बहुपक्षिय सामाजिक समस्या भएकाले यसको अर्थपूर्ण रोकथाम एवं नियन्त्रणका लागि बहुपक्षिय सम्बोधनको खाँचों रहेको छ । नेपालमा १५ देखी ४९ वर्ष उमेर समूहमा यो सर्ने दर (प्रीब्यालेन्स) शुन्य दशमलव दुई प्रतिशत रहेको छ ।

प्रकाशित: ८ पुस २०७३ ०५:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App