पृथ्वीनारायण न महानायक न त प्रतिनायक

शनिबार, २६ पुष २०७६, १४ : २७ गोविन्द न्यौपाने

राजतन्त्रको अन्त्य र गणतन्त्रको आगमनसँगै पृथ्वीनारायण शाहको एकीकरण प्रक्रियालाई अनेकौँ प्रश्नबाट प्रहार गरिएको छ। विशेषतः प्रत्येक वर्ष पुस २७ को सेरोफेरोमा पृथ्वीनारायण शाहमाथि हुने अतिशय भावुक प्रशंसा र अतिशय आरोप–प्रत्यारोपले अखबारका पानामा स्थान पाउँछन्। तर, त्यसपछि ११ महिना उनको विषय गुमनाम हुन्छ। खासमा पृथ्वीनारायण शाह यस्ता पात्र हुन्, जसलाई नेपालको प्रत्येक राजनीतिक घटनाक्रममा सम्झनुपर्छ। वस्तुतः पृथ्वीनारायण के पूजा, प्रशंसा वा आलोचनाका नायक वा खलनायक मात्र हुन् वा यसभन्दा माथि उठेर समालोचनात्मक धारमा उनको भूमिकाको विश्लेषण गर्नु पर्छ भन्नेमा  बहसकेन्द्रित हुनुपर्छ।

एकीकरणको आधारभूमि
अंग्रेजको व्यापार विस्तार र औपनिवेशिक नीतिलाई बेलैमा परास्त गर्नुपर्छ भन्ने विचारलाई पृथ्वीनारायण शाहले उतिबेलै बुझेका थिए। कान्तिपुरका अन्तिम राजा जयप्रकाश मल्लको आग्रहमा गोरखाली सेनासँग युद्ध लड्न नेपाल प्रवेश गरेको कप्तान किनलकको नेतृत्वको अंग्रेज फौजलाई लडाइँमा ९वि।सं।१८२४० गोरखाली सेनाले नराम्रोसँग पराजित गरिदिएको थिए। पछिल्लो कालमा नेपाल–अंग्रेज युद्ध हुनाको पछाडि सिन्धुलीगढीको युद्धमा भएको पराजय पनि एक कारण थियो। अंग्रेजलाई दक्षिण एसियाबाटै खेद्नुपर्छ भन्ने चिन्तन पृथ्वीनारायणपछि बहादुर शाह र भीमसेन थापामा देखिएको थियो। उनीहरूको यस नीतिलाई चीन लगायत तत्कालीन भारतीय राजा–रजौटाका शासकले नबुझेकाले निकै लामो समयसम्म विशाल भारतले अंग्रेजको अधिनायकत्व स्वीकार गर्नुपरेको थियो। यता नेपाल–अंग्रेज युद्धमा बहादुरीपूर्ण पराजय भोग्दै सम्पूर्ण नेपाली भू–भागको एकतिहाइ भाग गुमाउनुपरेको थियो।

एकातिर नेपालको ढाडमा टेकेर महा–चीनको टाउकोमा प्रहार गर्ने रणनीति लिएर तत्कालीन अंग्रेज सरकार अगाडि बढिरहेको थियो भने अर्कातिर यस हिमाली र पहाडी भू–भागका ५० भन्दा बढी स–साना राज्य रजौटा एक–आपसमा लडिरहेका थिए। कुनै पनि बेला यी पहाडी राज्यलाई अंग्रेज सरकारले उसको अधिनस्थ राज्य विशाल भारतमा गाभ्न सक्थ्यो। यो ऐतिहासिक पृष्ठभूमिलाई बुझेर नै सानो पहाड गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले गोरखाका राज्यको विस्तार ९नेपाल एकीकरणको महान्० मा जुटेर आफ्नो सपना साकार बनाएरै छाडे। यो कदम उनले नचालेको भए अर्को कुनै व्यक्ति वा राष्ट्रले चाल्नैपथ्र्यो।

एकीकरण अभियानमा प्रतिप्रश्न
समकालिक विश्वमा साम्राज्यको संकल्प गर्ने पृथ्वीनारायण मात्र थिएनन्। समकालीन साम्राज्यका सबै सम्राटमा साम्राज्य विस्तार गर्ने हठ थियो। राज्य विस्तार अर्थात् साम्राज्यको अभियानका क्रममा गरिएका यातना र क्रूरताका कथाले विश्व इतिहासका पाना रंगीन छन्। अन्य राज्य विस्तारवादीहरूको तुलनामा पृथ्वीनारायण शाहबाट भए–गराइएका भनिएका सैनिक सजाय अत्यन्त साधारण प्रकृतिका हुन् भन्ने एकथरी विद्वान्को भनाइ छ भने अर्काथरी केही आलोचकले उनलाई ‘डाँकाको सरदार’ नै भन्ने दुस्साहस गरेका छन्।  तर, के बुद्ध बनेर राज्य विस्तार सम्भव थियो भन्ने प्रश्नमा दुवैथरी आलोचक र प्रश्नकर्ता मौन छन्।

वर्तमान सरकारले इतिहासको सम्मान गर्ने हो भने पृथ्वीनारायण र खासगरी सुगौली सन्धिपछिका शासकले गरेका अन्याय र अत्याचारको माफी माग्दै ऐतिहासिक घाउमा न्यायको मलम लगाउन सवाल्ट्रन समूहसँग माफी माग्ने हिम्मत हुनुपर्छ।

विसं १८३१ मा गोरखाली सेनाले माझ किरातमा आक्रमण गर्दा स–साना बालबालिकालाई ओखलमा हालेर कुटेको भयानक घटनालाई हड्सनको भनाइलाई सापटी लिँदै लेखक राजकुमार दिक्पाल र सुजित मैनालीले यस घटनाको चर्चा गरेका छन्, ९शिलान्यास– नेपाल निर्माणको नालीबेली ०। तर हिन्दू संस्कारमा हुर्किएका गोरखाली सिपाहीहरू निर्मम क्रूर थिए भन्ने विषयमा शंका गर्न सकिन्छ। लेखिएको कुरा नै सत्य हुन्छ भन्नेमा शंकाका आधार हुन्छन्। हड्सनले लेखेको तथ्य सही नै हुन्छ भन्ने प्रश्नमा तर्क गर्न सकिन्छ। स्थानीय लेखोट, अनुश्रुति र अन्य पुराताŒिवक प्रमाणको तुलनात्मक अध्ययन गरी तथ्यका निकट पुग्न सकिन्छ। यस प्रसंगमा समकालीन विश्वमा अहिंसाबाट होइन कि युद्धबाटै एकीकरण वा राज्यविस्तार गर्ने अभ्यास थियो। प्राप्त तथ्यको अध्ययन गर्दा पृथ्वीनारायण शाह युद्ध नियमको पालना गर्न प्रतिबद्ध थिए कि भन्ने विषयमा प्रतितर्क गर्ने आधार मिल्छ।

विजित राज्यका नागरिक आफ्नै नागरिक हुने भएकाले त्यस क्षेत्रका जनतालाई अभिभावकीय व्यवहार गर्नु भन्ने उनको नीति र निर्देशन हुन्थ्यो। भलै, एकीकरणको दौरानमा उनले विजित क्षेत्रमा विकासका काम गर्न र जनतालाई उचित सम्बोधन गर्न सकेनन्। उनी डाँकाका सरदार वा लुटाहा प्रवृत्तिका हुन्थे भने उनको व्यवहार नै त्यस्तै प्रकृतिको हुन्थ्यो। पृथ्वीनारायणको लुटतन्त्र मात्र भएको भए काठमाडौं उपत्यकामा बेलाबेला आक्रमण गर्ने तिरहुते, खस वा मुस्लिमहरूले झैँ अवश्य नै उनले पनि लुटपाट, डकैत गर्ने, आगो लगाउने लगायत विध्वंसात्मक कार्य गर्थे होलान्। तर, आफ्नो देश गोरखा र त्यसको राजधानीलाई नै परिवर्तन गरेर विजित देशमा राजधानी सारी त्यसकै नामबाट राष्ट्रको नेपाल राखेबाट पनि उनको नियत र नीति नै एकीकरण अभियान थियो भन्ने बुझिन्छ। देशको राजधानी काठमाडौं बनाई यहाँ प्रचलित सांस्कृतिक मूल्य–मान्यताको संरक्षण गर्न ध्यान दिएबाट उनलाई एकीकरणको नायक हुन् भन्ने तर्कमा बहस गर्न सकिन्छ।

नाकको सान
उनलाई डाँकुको सरदार वा खलनायक भन्नेहरूले कीर्तिपुरमा नाक काटेको प्रसंग अगाडि सार्छन्। पृथ्वीनारायण शाहलाई खलनायक ठान्नेहरूले नाक काटेको प्रश्न उठाउँदा– कीर्तिपुरेहरूले पृथ्वीनारायणको प्राण जोगाएको तथ्य भुल्नु कीर्तिपुरको इतिहासमाथि अन्याय हो। कीर्तिपुरको दोस्रो युद्ध ९वि।सं १८२१० मा गोरखालीको हार मात्र भएन कि सेनानायक पृथ्वीनारायण झन्डै मारिएका थिए। एकजना कीर्तिपुरे सिपाहीले पृथ्वीनारायणलाई काट्न भनी हतियार उठाउँदा–राजालाई मार्न हुन्न भनी अर्को सिपाहीले नरोकेको भए नेपालको राजनीति अर्कै हुने थियो कि भन्ने तर्क गर्न सकिन्छ। आफ्नो प्राण जोगाइदिएकै कारण पृथ्वीनारायण कीर्तिपुरप्रति नतमस्तक थिए। भनिन्छ, कीर्तिपुरको सेना अर्थात् कीर्तिपुरको माटोले पृथ्वीनारायणको प्राण बचाएकै कारण पछिल्ला दिनसम्म पनि नेपाली राजपरिवारले कीर्तिपुरको माटोलाई पूजा गर्थे ९समसामयिक सन्दर्भमा पृथ्वीनारायण शाहः जगमान गुरुङ०।

तेस्रोपटक १८२२० को युद्धमा कीर्तिपुरमाथि गोरखा राज्यको विजय भयो। युद्धविश्राम भइसकेपछि केही कीर्तिपुरे युवाले सुतिरहेका गोरखाली सेनामाथि आक्रमण गरी मारेका थिए। आफ्नो देश नै गुमाउनुपर्दाको पीडामा बदलाको भाव आउनुलाई स्वाभाविक मान्न सकिन्छ। यस्तै, कीर्तिपुरकी एकजना नारी पात्र कीर्तिलक्ष्मीले पुरुष सिपाहीको भेषमा गोरखाली सिपाहीसँग लडेको किंवदन्ती आज पनि कीर्तिपुरमा सुन्न पाइन्छ। युद्ध विश्राम भइसकेपछि पनि आफ्ना सिपाहीमाथि आक्रमण हुँदा पृथ्वीनारायणले त्यस कार्यमा संलग्न केही युवाको नाक काट्न लगाएका हुन् भन्ने जगमान गुरुङ ९समसामयिक सन्दर्भमा पृथ्वीनारायण शाह लगायत सबैजसो इतिहासकारको विचार छ। इतिहासका शुक्रसागर श्रेष्ठको पुस्तक ‘कीर्तिपुरको सांस्कृतिक तथा पुरातात्विक इतिहास’मा भाषा वंशावली, राजभोगमाला र तत्कालीन कवि ललीत बल्लव जोशीको कविता तथा विदेशी लेखक गुसिपी तथा कर्क प्याट्रिक लगायत लेखकका भनाइका आधारमा पृथ्वीनारायणबाट कीर्तिपुरवासीको नाक काटिएकैै उल्लेख छ। कीर्तिपुरको प्रथम आक्रमणमा वि सं १८१४० कमान्डर कालु पाण्डे मारिनु र दोस्रो आक्रमणमा भाइ सुरप्रताप शाहको आँखा फोरिनुजस्ता कारण कालु पाण्डेका छोरा वंशराज पाण्डेले केही कीर्तिपुरेको नाक काटेको हुन सक्ने शुक्रसागर श्रेष्ठको तर्क छ।

तत्कालीन परिस्थितिमा केही कीर्तिपुरवासी नेवारको नाक र कान काटिएको हो भन्ने विषयलाई प्रायः सबै इतिहासकारले स्वीकार गरेका छन्। तर नाक–कान काटेर सत्र धार्नी बनाएको भनी उनीमाथि लगाइएका आरोपलाई कतिपय इतिहासकारले खण्डन गरिसकेका छन्, यो विषयमा लेखक सौरभले आफ्नो पुस्तक असहमतिमा परिचर्चा गरेका छन्०। जबकि त्यस बेला त्यत्रो जनसंख्या नै कीर्तिपुरमा थिएन। तथापि स्थानीयवासीको भनाइअनुसार हालसम्म पनि आफ्ना पुर्खाको नाक काटिएको स्थान कीर्तिपुरको छयांकल्वहँमा रहेको प्रस्तरमा उक्त कार्यको प्रतीकात्मक विरोधस्वरूप थुक्ने परम्परा भने जीवितै छ, तर यो विषयलाई प्रमाणित गर्ने कुनै पनि शिलालेख र अभिलेख प्रमाण हालसम्म प्राप्त भएको छैन। विजेताकै इतिहास लेखिने भएकाले त्यसो नभएको हुन सक्छ।

पृथ्वीनारायणका भक्तले उनका खराब कामलाई ढाक्ने र उनका विरोधीले उनका खराब कर्मलाई बढाइचढाइँ गरेका पनि हुन सक्छन्। कीर्तिपुरवासी अझ भनौँ नेवारहरूमाथि इतिहासमा हुन गएको अन्यायप्रति हामी संवेदनशील हुनुपर्छ।
कीर्तिपुर वीर विरांगानाहरूको भूमि हो। पृथ्वीनारायणको प्राण बचाएर मानवताको प्रदर्शन गर्ने कीर्तिपुरे सिपाही हुन् या देश नै पराजित भइसक्दा पनि भेष बदलेर वैरीसँग लड्ने वीरांगना कीर्तिलक्ष्मीको कथा होस्, यी प्रसंगको विश्लेषण गर्दा कीर्तिपुरवासीले हारेर पनि जितेका हुन् भन्ने ऐतिहासिक निष्कर्षलाई कदापि भुल्न मिल्दैन।

भाष्यको भूमिका
पृथ्वीनारायणले नेपालको एकीकरण गरेका थिए कि गोरखा राज्यको विस्तार भन्ने प्रश्नको मर्म नबुझी इतिहासको व्याख्या गर्दा उनीमाथि अन्याय हुन्छ। उनको विजय अभियानसँगै कसको हार भएको थियो, हार्नेहरूको इतिहास किन लेखिएन भन्ने प्रश्नमा उनको एकीकरण अभियान थियो कि थिएन भन्ने प्रतिप्रश्न उठाउनु आवश्यक छ। पृथ्वीनारायणको एकीकरण अभियान अनुचित थियो भने भारतलाई खर्लप्पै निलेको विस्तारवादको बेलायती फणाले उत्तरतर्फका हिमाली राज्यहरूलाई उपनिवेशको पञ्जाभित्र कब्जा गर्ने डरलाग्दो सम्भाव्यता थियो भन्ने तर्क गर्न सकिन्छ। नेपालमा बेलायती शासन लादिएको भए के हुन्थ्यो भन्ने विश्लेषकको प्रश्नमा दक्षिण एसिया पहाडी भू–भागका राज्यहरूको अवस्था हेरे हुन्छ भन्ने जवाफ मैनालीले दिएका छन्। यस जोडकोणमा नेपाल भन्ने देश नै नरहे पनि के फरक पथ्र्योे भनी प्रतितर्क गर्नेहरूलाई– स्वतन्त्रता र स्वाधीनताको महŒव अर्थात् पराधीनताको पीडा कस्तो हुन्छ भन्ने विषयमा बेलायतको उपनिवेश भोगेकोे भारत, भारतीय स्वतन्त्रतापछि भारतबाट विभाजित पाकिस्तान र बंगलादेश, पछि भारतमा गाभिएको सिक्किम, काश्मिर वा नेपालीभाषी दार्जिलिङका दाजुभाइलाई सोध्नु भन्ने जवाफ दिन सकिन्छ। बेलाबेलामा बल्झिरहने राष्ट्रियताको घाउको मर्ममा उपनिवेशको बुट बजारिँदा थाह पाउनेछौ भन्ने जवाफ दिन सकिन्छ। स्वाभिमानका यिनै प्रश्नमा खोज्न सकिन्छ– एकीकरणको भाष्य र भूमिकाको भू–राजनीति।

इतिहासकार जगदीश चन्द्र रेग्मीका अनुसार दिव्योपदेशको मूल नाम ‘हुकुम भयाका कुरा’लाई दिव्योपदेश भन्नुपर्ने बाध्यात्मक अवस्था पञ्चायतकालले तयार गरेको थियो। तर यसलाई दिव्योेपदेश नभनी पृथ्वीनारायणको उपदेश भन्नु नै बढ्ता उचित हुन्छ। अहिले आफूलाई कडा आलोचक भन्न रुचाउने इतिहासकारको अवस्था त्यही नै हुने थियो पञ्चायतकालमा। तर, तिनै मूलधारका इतिहासमा टेकेर इतिहासलाई फरकधारबाट व्याख्या गर्न पनि त मूलधारे इतिहासकारका पुस्तकको भर नपरी सुख छैन भन्ने तथ्यलाई बुझ्नैपर्छ। पृथ्वीनारायणलाई प्रतीनायक ठान्नुपूर्व ऐतिहासिक परिस्थितिको मूल्यांकन गर्नैपर्छ। समग्रमा भन्दा, सुगौली सन्धि पछिका शासकमा देश र जनताप्रति चासो र चिन्ता नभएको पक्कै हो। तर, फरक संस्कृति मान्नेहरूमाथि नश्लीयतावाद र कथित अभिजात्य वर्गको संस्कृति लादेको भन्ने लेखक राजकुमार दिक्पालको तर्कलाई केही हदसम्म स्वीकार गर्न सकिन्छ। किनभने उनले आफ्नो तर्कलाई ऐतिहासिक प्रमाणद्वारा प्रमाणित गरेका छन्। तर, फरकधारका विचारकले भनेजस्तो यहाँको सामाजिक सांस्कृतिकपन र पहिचानमाथि शासकले बलात्कार नै गरेका थिएनन्, जसरी फरक धारका आलोचकले चित्रण गरेका छन्। तर, पृथ्वीनारायणको गरिमा र भूमिका माथि सुगौली सन्धिपछिका शासकीय चरित्रसँग गाँसेर व्याख्या गर्न मिल्दैन।
०००
अतिसय प्रशंसा र आलोचनाका पर्खाल भत्काई समग्र राष्ट्रियताको धुरीबाट मुल्याङ्कन गर्नु नै उनीप्रतिको सच्चा सम्मान हो। उनको भूमिकाहरूको मर्म नबुझी फगत कुर्लनु भनेको अन्धराष्ट्रवाद बाहेक केही होइन, जुन अति घातक पनि हो राष्ट्रका लागि। वर्तमान सरकारले इतिहासको सम्मान गर्ने हो भने पृथ्वीनारायण र खासगरी सुगौली सन्धिपछिका शासकले गरेका अन्याय र अत्याचारको माफी माग्दै ऐतिहासिक घाउमा न्यायको मलम लगाउन सवाल्ट्रन समूहसँग माफी माग्ने हिम्मत हुनुपर्छ। इतिहासलाई साथी राखेर अन्तमा भन्नैपर्छ– पृथ्वीनारायण शाह न खलनायका हुन् न प्रतीनायक हुन्, साररुपमा बुझ्दा उनका कारण यो भूमि अंग्रेजहरूको बढ्दो प्रभावबाट जोगियो भन्न सकिन्छ।






यसमा तपाईको मत

अन्य समाचार

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी बैंकका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युट  प्रालिसँग सम्झौता...

Ncell Footer Ad