८ वैशाख २०८१ शनिबार
अन्य

हौसला बढाउने कार्यक्रम

मोनिका श्रेष्ठ,
 कक्षा –५,
 इडन ब्रिज एकेडेमी, टोखा –४, धापासी, काठमाडौं।

हाम्रो विद्यालय इडन ब्रिज एकेडेमी टोखा नगरपालिका वडा नं. ४ धापासी काठमाडौमा रहेको छ। हाम्रो विद्यालयले हरेक वर्ष विभिन्न रचनात्मक कार्यक्रमहरूको आयोजना गर्छ। त्यसमध्ये आधारभूत तह (कक्षा १ देखि ५ सम्म) को शैक्षिक प्रदर्शनी एउटा विशेष कार्यक्रम हो। यस वर्ष पनि पुस ५ गते शनिबार हाम्रो विद्यालयले विभिन्न विषयहरूको प्रदर्शनी ग-यो। उक्त प्रदर्शनी पहिलेको भन्दा विशेष रह्यो। यस शैक्षिक प्रदर्शनीमा हाम्रो विद्यालयको कक्षा १ देखि ५ सम्मका  विद्यार्थीहरूको सहभागिता रहेको थियो।

उक्त प्रदर्शनीमा नेपाली, अंग्रेजी, कम्प्युटर, सामाजिक, चित्रकला, हस्तकला, प्ले चेक आदि विषयहरू सम्बधित धेरै स्टलहरू राखिएको थियो। विज्ञानमा १८, गणितमा १५,  सामाजिकमा २१, नेपालीमा ११, अंग्रेजीमा १६, कम्प्युटरमा ११ प्ले कार्ड, हस्तकला र चित्रकला  स्टलहरू राखिएको थियो। कार्यक्रममा अवलोकन गर्न अभिभावक एवं विद्यार्थीहरूको घुइँचो लागेको थियो। यो उपस्थितिले हाम्रो हौसला बढाएको थियो। अभिभावकहरू आफ्ना छोराछोरीको काम देखेर निकै खुसी हुनुभएको थियो। धेरै अभिभावक दाजुदिदीहरूले हामीले बनाएको सामग्रीहरूको फोटो र भिडियो पनि खिच्नुभएको थियो। कसैले त हामीलाई पुरस्कार पनि दिनुभयो। यस्तो कार्यक्रमले हाम्रो हौसला बढ्नुका साथै धेरै कुरा सिक्ने मौका मिल्दो रहेछ।

यो हाम्रो दोस्रो पटकको शैक्षिक प्रदर्शनी हो। टोखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतम कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो। उहाँले रातो रिबन काटेर कार्यक्रम सुरु गर्नुभएको थियो। नगरपालिकाका जनप्रतिनिधि र समाजसेवीहरू अतिथिको रूपमा आएर हाम्रो हौसला बढाउनुभएको थियो। उहाँहरूले शिक्षक एवं विद्यार्थीहरूलाई स्याबासी दिनुभयो भने यस्तो सिर्जनशील कामको थालनी गरेकोमा विद्यालयललाई धन्यवाद दिनुभयो। विद्यालयका प्रिन्सिपल प्रेम राईले शिक्षामा संस्कार र सीप दुवै जोडेमा हाम्रो शिक्षा सार्थक हुने र सो कुरा इडन ब्रिज एकेडेमीले सुरु गरेको बताउनुभयो। विद्यालयका अध्यक्ष हरिकृष्ण श्रेष्ठले विद्यार्थीहरूको  सर्वाङ्गीण विकासका लागि निरन्तर रूपमा यस्ता गतिविधि गर्ने बताउनुभएको थियो।  प्राइमरी इन्चार्ज सजिना गुरुङले संयोजन गरेको कार्यक्रमको सञ्चालन विद्यालयका कोअडिनेटर सुजन भट्टराईले गर्नुभएको थियो। झन्डै पाँच सय जना अभिभावकले गरेको उक्त प्रदर्शनी करिब घन्टा चलेको थियो।

प्रकाशित: २६ पुस २०७६ ०६:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App