coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नेपालको प्रारम्भिक क्रिकेट टोली घोषणा

काठमाडौं – आइसिसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नेपालसहित ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार २४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ। शुक्रबार घोषणा भएको टोलीमा सुवास खकुरेल र भुवन कार्कीले पुनरागमन गर्दा यु–१९ किशोर महतो, पोखरा प्रिमियर लिगका उदीयमान खेलाडी लोकेश बम र सुमित महर्जन पहिलोपटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका छन्।

चोटका कारण एक वर्ष टिम बाहिर रहेका सुवाससँगै भुवन कार्कीले पुनरागमन गरेका हुन्। सुवास एक वर्ष पछि मात्र पोखरा प्रिमियर लिगबाट क्रिकेटमा फर्किएका थिए। यस्तै सुनसरीमा जारी एमएम कपमा पनि सुवासले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्।  क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक उमेश पटवालसँगको सल्लाहपछि २४ खेलाडीको नामावली बन्द प्रशिक्षणका लागि सार्वजनिक गरेको हो। उक्त टोलीले पोखरा रंगशालामा अभ्यास गर्ने क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए।

‘त्रिकोणात्मक शृखंलाका लागि नेपाली टोली आजै कीर्तिपुरस्थित इन्डोर हलमा अभ्यास थालेको छ,’क्यान सचिव प्याकुरेलले भने,‘ मौसम प्रतिकुल भएकाले अहिले एक÷दुई दिन काठमाडौं अभ्यास गर्दै छ। मौसम ठीक भएपछि टोली पोखरा जानेछ। मुख्य प्रशिक्षकको सल्लाहअनुसार टोलीको नाम सार्वजनिक गरिएको हो।’

प्याकुरेलले मुख्य प्रशिक्षक पटवालको अनुपस्थितिमा राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटाले टोलीलाई अभ्यास दिने बताए। ‘मुख्य प्रशिक्षक एक÷दुई दिनमा नेपाल आउनुहुन्छ,’ सचिव प्याकुरेलले थपे, ‘पटवालको अनुपस्थितिमा पूर्वप्रशिक्षक जगत टमाटाले टोलीलाई अभ्यास गराउनु हुनेछ।’ पोखरामा हुने प्रशिक्षणका बेला नेपाली क्रिकेट टोलीले मलेसिया–११ सँग एकदिवसीय र ट्वान्टी–२० खेल्ने कार्यक्रम रहेको छ।

नेपाल, ओमन र अमेरिका सम्मिलित त्रिकोणात्मक शृंखला फेबु्रअरी ५ देखि १२ तारिखसम्म हुने तालिका रहेको छ। पहिलो खेल नेपालले ५ तारिखमा ओमनसँग खेल्दा शृंखला सुरुआत हुनेछ।

सुवास खकुरेल र भुवन कार्कीले राष्ट्रिय टोलीमा फर्कने अवसर बनाउँदा युवा खेलाडी किशोर महतो, पोखरा प्रिमियर लिगका उदीयमान खेलाडी लोकेश बम र सुमित महर्जन पहिलोपटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेका छन्।

त्रिकोणात्मक शृंखलाको तालिका
देश    मिति
नेपालविरूद्ध ओमान    माघ २२
ओमनविरूद्ध अमेरिका    माघ २३
नेपालविरूद्ध अमेरिका    माघ २५
नेपालविरूद्ध ओमान    माघ २६
अमेरिकाविरूद्ध ओमान    माघ २८
नेपालविरूद्ध अमेरिका    माघ २९

प्रकाशित: २६ पुस २०७६ ०५:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App