७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

डा.सेन्चुरी उमेर भन्दा जवान किन ?

कोही व्यक्ति आफ्नो उमेर भन्दा जवान  देखिन्छ या स्वस्थ देखिन्छ भने हाम्रो मनमा यस्तो कुरा आउँछ। त्यो व्यक्ति दैनिक के खान्छ ? के गर्छन् ? अवश्य पनि स्वस्थ रहनको लागि हरेक व्यक्तिसित कुनै फरक सूत्र हुन्छ। यस्तै फरक सूत्र छन् वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी सित। उनलाई देख्ने जो कोहीले संधै तन्दुरुस्त देख्छ नै उनले बताउने उमेर भन्दा कम।

उमेरले ५८ वर्ष भएका डा.सेन्चुरीले चिकित्सा सेवा सुरु गरेको ३७ वर्ष भयो। अहिले पनि वीर अस्पतालको निर्देशकको रुपमा सकृय छन्। तैपनि अहिले पनि जवान र फुर्तिला देखिन्छन्। न कुनै रोग लागेको छ न तौल र मोटोपना नै बढेको छ। उनी भन्छन्,‘मैलै उमेर भन्दा अरु छक्क पर्छन्’।

डा.सेन्चुरीको अनुभवमा उनले आफुलाई स्वस्थ राख्न लामो समयदेखि केही सूत्र अपनाइरहेका छन्। त्यो हो दैनिक एक घण्टा व्याडमिन्टन या टेबुलटेनिश खेल्नु। जीवनको लामो समयसम्म फूटवल र भलिवल समेत खेल्ने गरेको सुनाए। बिहान पाँच उठेर एक गिलास पानी पिएपछि सामान्य व्यायम गर्छन् र लगत्तै व्याडमिन्टन खेल्न निस्कन्छन्। समय छैन भने आधा घण्टा भएपनि व्याडमेन्टिन खेलेकै हुन्छन्। उनको यो व्यायमको दैनिकी हो।

व्यायमको दैनिकी सकिने बित्तिकै एक–डेढ घण्टाको लागि क्लिनिकमा काम गर्छन्। घर फर्किन्छन् खाना खाएर अस्पतालको कामतिर हिंडिहाल्छन्। दिनभरीको काम सकेपछि उनी घर फर्किन्छन्। साँझ आठ बजे खाना खान्छन् र टेलिभिजन हेरेपछि १० बजे सुत्छन्। उनको यो उठ्ने दैनिकी हो।

यो दैनिकीसंगै शरिरलाई  जवान र तन्दुरुस्त राख्ने केही खानाका सूत्रहरु छन्। जुन उनले लामो समयदेखि अपनाउँदै आएका हुन्। डा.सेन्चुरी बिहान दाल,भात,तरकारी,साग,सलाद सहित खाना खान्छन्। साँझ रोटी तरकारी यस्तै। यी वाहेक उनको नियमित भोजनमा साग,सलाद र फलफूल,दुध छुटेको हुदैन। मासु भने साामा दुइ/तीन पटक तीन/चार पिस मात्र। उनी भन्छन्,‘मेरो शरिरलाई पुग्ने क्यालोरी मात्र खान्छु’ उनले भने।

उनको भोजनमा सकेसम्म चिल्लोको मात्रा घटाइएको हुन्छ। डा.सेन्चुरीले भोजनमा दैनिक ड्राइफुडहरु शरिरलाई यी खाने कुरा बाहेक अन्य भिटामिन भएका खाने कुरा पनि आवश्यक पर्ने भएकोले यी खाने कुरा खाने गरेको सुनाए। ‘काजु,किसमिस,आल्मोनड,पेस्टा सवै मिलाएर खान्छु’ उनले भने।

डा.सेन्चुरी  नियमित प्रर्याप्त पानी पिउन पनि भुल्दैनन्। गुलियो र चिल्लो खानेकुरा अत्यन्त कम खाने गरेको उनले सुनाए।

डा.सेन्चुरी संधे स्वस्थ हुन तनाव रहित जीवन हुनु पर्छ। आफुले जस्तो सुकै अवस्थामा पनि तनाव कम लिने गरेको र जीवनको सवै व्यवस्थापन मिल्दै गएको बताए।‘तनाव लियो भने पनि स्वास्थ्य बिग्रिन्छ,सकेसम्म तनाव लिंदिन’।

प्रकाशित: २६ पुस २०७६ ०३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App