coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

ताप्लीमा सर्वाधिक राशी पुरस्कारको भलिबल प्रतियोगिता हुने

प्रतियोगिताबारे जानकारी गराउँदै क्लबका पदाधिकारी । तस्बिरः महेश्वर

उदयपुर- उदयपुरको ताप्ली गाउँपालिकामा ठूलो पुरस्कार राशीको भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। गाउँपालिकाको सहयोगमा स्थानीय हिमालचुली क्लब पिपलभन्ज्याङ ताप्ली १ ओख्लेले अन्तरपालिकास्तरीय प्रतियोगिता सञ्चालन गर्न लागेको हो।

प्रतियोगिताको विजेता टिमलाई १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारका साथै ट्रफि र प्रमाणपत्र प्रदान गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। क्लब स्थापनाको २५ आंै वर्षगाँठको अवसर पारेर अहिलेसम्मको सर्वाधिक पुरस्कार राशीको ‘रजत जयन्ती भलिबल प्रतियोगिता ०७६’ आयोजना गर्न लागेको कटारीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। प्रतियोगिताका उपविजेतालाई १ लाख र सान्त्वना स्थान प्राप्त गर्ने समूहले ५० हजार रुपैयाँ नगदसहित सिल्ड र प्रमाणपत्र पुरस्कार पाउने घोषणा क्लबले गरेको छ।

क्लबका अध्यक्ष टोपबहादुर ज्युठकुरीले प्रतियोगिता आउँदो माघ १३ देखि १५ गतेसम्म ३ दिन सञ्चालन हुनेछ। प्रतियोगितामा देशका जुनसुकै स्थानीइतह गाउँ तथा नगरपालिकाका खेलाडीले सहभागी हुन पाउने उनले बताए। तर, सहभागी हुनका लागि गाउँ तथा नगरपालिकाको सिफारिस अनिवार्य गरिएको छ। ठकुरीका अनुसार प्रतियोगितामा भाग लिनका लागि सम्बन्धित स्थानीयतहको मतदाता नामावली परिचयपत्रसहित सिफारिस लिएर आवेदन दिनुपर्ने प्रावधान राखिएको छ।

प्रतियोगितामा भाग लिन इच्छुक खेलाडी समूहले माघ ११ गतेसम्म टिम दर्ताको आवेदन खुल्ला राखिएको छ। खेलाडी समूह दर्ता भईसकेपछि माघ १२ गते खेल तालिका (टाईसिट) सार्वजनिक गरिने खेल संयोजक हरिबहादुर हमालले बताए। जिल्लाको दुर्गम गाउँपालिका ताप्लीले पहिलो पटक ठूलो राशी पुरस्कारको पालिकास्तरीय प्रतियोगिता आयोजना गर्न लागेको गाउँपालिकाले जनाएको छ।

 

प्रकाशित: २५ पुस २०७६ १३:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App