coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेकपा संसदीय दलको निर्णयः नाम बागमती र राजधानी हेटौडा

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ। मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा शुक्रबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।

यसअघि पार्टीको सचिवालय बैठकले पनि नाम बागमती र राजधानी हेटौंडा राख्न निर्देशन दिएको थियो। अब आइतबार बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारले नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव लैजाने तयारी गरेको मुख्यमन्त्री डोरमणि पौडेलका निजी सचिव अनुप पौडेलले जानकारी दिए।

प्रदेशसभा ३ मा कुल एकसय १० सदस्यमध्ये नेकपाका ८० प्रदेशसभा सदस्य छन्। ७४ मत भए स्थायी राजधानी र नामकरणका लागि पुग्छ।

प्रकाशित: २५ पुस २०७६ ०८:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App