८ वैशाख २०८१ शनिबार
खेल

प्रहरीले जित्यो उपाधि

बनेपा- नेपाल प्रहरी उमावि साँगाले आयोजना गरेको २४ औं आइजिपी कप फुटबलको उपाधि आयोजक प्रहरीकै पोल्टामा परेको छ। बिहीबार दिउँसो साँगास्थित प्रहरी स्कुलको खेल मैदानमा भएको फाइनलमा आयोजक प्रहरी स्कूलको 'ए' टीमले लिटिल एन्जेल्स स्कुललाई ४–० ले हराउँदै उपाधि कब्जा गरेको हो।

खेलको तेस्रो मिनेटमा प्रहरी स्कुलका सिद्धार्थ बस्नेतले पहिलो गोल गर्दै खाता खोलेका थिए।  खेलको २६ औं मिनेटमा प्रहरीका देवराज थापा, ३२ औं र ६४ औं मिनेटमा प्रहरीकै समिर थापाको दुई गोलले प्रहरी स्कुललाई विजयी बनायो। समिर म्यान अफ द म्याच समेत भए।

प्रहरी स्कुलका सिद्धार्थ बस्नेत बेस्ट प्लेयर घोषित भए। प्रहरीकै पुष्पन गौतम बेस्ट गोलकिपर भए। सैनिक आवासीय महाविद्यालय भक्तपुरका उत्तम शाही र लिटिल एन्जेल्सका केनिश दाहाल खेलमा सर्वाधिक गोलकर्ता घोषित भए। दुवैले प्रतियोगितामा ६/६ गोल गरेका थिए। सैनिक आवासीय महाविद्यालयको टिम फेयर प्ले टिम घोषित भयो।

प्रतियोगितामा पहिलो हुने नेपाल प्रहरी स्कुल साँगा 'ए'लाई विद्यालयका संरक्षक एवं प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले ३० हजार नगद, रनिङ शिल्ड, पदक र प्रमाणपत्र प्रदान गरे। यस्तै दोस्रो हुने लिटिल एन्जेल्स स्कुललाई २० हजार नगद, पदक र प्रमाणपत्र प्रदान गरे।

२०४९ सालयता वर्षेनी हुँदै आएको आइजिपी कप अन्तरविद्यालय फुटबल प्रतियोगितामा यस पटक ४ जिल्लाका १६ विद्यालयका २० टोली सहभागी थिए।

प्रकाशित: ८ पुस २०७३ ०४:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App