८ वैशाख २०८१ शनिबार
समाज

खाद्य पदार्थको विषयलाई लिएर दुई विभागबीच विवाद, समस्यामा व्यवसायी

बारा - खाद्य पदार्थको विषयलाई लिएर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र औषधि व्यवस्था विभागबीच विवाद देखिएको छ। कृषि तथा पशु पंक्षी मन्त्रालय अन्तरगत रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएर बाहिरबाट आयात गरिएको पाेष्टिक खाद्य पदार्थलाई औषधि भनि त्यसको बिक्री बितरणमा स्वास्थय तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको औषधि व्यवस्था विभागले रोक लगाएपछि दुबै विभागबीच विवाद शुरु भएको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र औषधि व्यवस्था विभागको विवादले व्यवसायीको व्यवसाय नै धरासायी भएको छ। वीरगन्जको सुरभी ईनटरनेशनलका सन्चालकले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएर बाहिरबाट आयात गरेका अहारपुरक खाद्य पदार्थलाई औषधि व्यवस्था विभागले  पाँच महिनादेखि त्यसको बिक्री बितरणमा रोक लगाउँदा लगानी नै डुब्ने अवस्था आएको व्यवसायीले गुनासो गरेका छन्।

फुड सेफ्टी एण्ड स्टेण्र्डस अथोरिटी अफ ईण्डियाले अहारपुरक खाद्य पदार्थ रहेको भनी प्रमाणित गरेको भारतमा उत्पादन गरिएका अल्टीकेम क्याप्सुल, लाइकोलाइफ क्याप्सुल र लाइकोलाइफर सिरफलाई औषधी व्यवस्था विभागले मनोमानी तरिकाले बिक्री बितरणमा रोक लगाएको सुरभी ईनटरनेशनलका सन्चालक सौरभ क्यालले आरोप  लगाएका छन्।

४० लाख भन्दा बढी लगानी गरिए खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमतिमा बाहिरबाट अयात गरिएको खाद्य पदार्थलाई औषधी व्यवस्था विभागको करणले गर्दा ती अहारपु्रक खाद्य पदार्थ गोदामकै नष्ट हुने अवस्थामा पुगेको क्यालले गुनासो गरेका छन्।

सुरभी ईनटरनेशनले भारतबाट अयात गरेका  अहारपुरक खाद्य पदार्थ भनी आयत गरेका अल्टीकेम क्याप्सुल, लाइकोलाइफ क्याप्सुल र लाइकोलाइफर सिरफ औषधी जस्तो नाम भए पनि ती औषधि नभई  पौष्टीयुक्त खाद्यय पदार्थहरु मात्र भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मातिना बैद्यले दावी गरेकी छिन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले औषधी  र पौष्टिक तत्व भएको  खाद्य पदार्थहरु छुटयाएर नै आफ्नो अधिकार क्षेत्रमा रहेको खाद्य बस्तुहरुको कारोबार गर्ने अनुमति दिने गरेको  तर्क महानिर्देशक बैद्यले गरिन्। अहारपुरक खाद्य पदार्थ भन्नाले फर्मास्युतिकल बनावटका ट्याब्लेट, क्याप्सुल, झोल,पाउडर, मल्टीभिटामीन र मल्टिमिनरल मिश्रित सबै खाद्य बस्तुहरु रहने गरेको र अन्तराष्ट्रिय स्तरमा पनि  यस प्रकारको  आहारपुरक खाद्य पदार्थहरुको नियमन त्यस देशको खाद्य स्वच्छता नियमन गर्ने निकायले मात्र गर्ने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पदाधिकारीहरुले जनाएका छन्।

भारतबाट अयात गरिएको अहारपुरक खाद्य पदार्थहरु राखिएको गोदाममा शिलबन्दी गर्नु र बिक्री बितरणमा रोक लगाउनु कसैको उस्कावटमा परेर औषधी व्यवस्था विभागले दुख दिने नियत राखेर नै कारवाही गरेको आरोप क्यालले लगाए।

२०७६ असार ३१ गते वीरगन्जको माईस्थानमा अहारपुरक खाद्य पदार्थ राखिएको  गोदाममा औषधी व्यवस्था विभागले शिलबन्दी गरेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले लिखित नै यो औषधी नभई अहारपुरक खाद्य पदार्थ रहेको भनी जानकारी समेत गराउँदा औषधि व्यवस्था बिभागका कर्मचारीहरुले कुनै मनोमानी गर्दै आएको क्यालले बताए।
औषधी व्यवस्था बिभागका महानिर्देशक पानबहादुर क्षेत्रीले सुरभी ईनटरनेशनलका सन्चालकहरुले बाहिरबाट  अहारपुरक खाद्य पदार्थ भनी आयात गरेका ट्याब्लेट, क्याप्सुल, झोल औषधि रहेको देखेर नै त्यसको बिक्री बितरणमा रोक लगाएको दावी गरेका छन्।

अहारपुरक खाद्य पदार्थहरु अन्य खानेकुरामा नमिसाइएकोले गर्दा यो औषधि नै रहेको र यो मुद्दा अदालतमा समेत पुगेकोले गर्दा यसमा धेरै बोल्नु राम्रो नहुने महानिर्देशक क्षेत्रीले बताए। औषधी व्यवस्था विभागले बिक्री बितरणमा रोक लगाएको अहारपुरक खाद्य पदार्थहरुमा औषधीमा हुने भिटामिन लगाएतको तत्वहरु भन्दा कम रहेको दावी समेत सुरभीका सन्चालक क्यालले गरे।

औषधिमा हुने भिटामिन लगाएतका तत्वहरुको  परिमाण अहारपुरक खाद्य पदार्थमा भेटिए पछि त्यो खाद्य पादार्थ नभए औषधि हुने अवस्थालाई समेत औषधी व्यवस्था विभागले नबुझेको व्यवसायी क्यालले बताए। भारतमा उत्पादन गरिएको  खाद्य पदार्थहरुको नियन्त्रण गर्ने , गुणस्तर हेर्ने र कारोबार गर्नको लागि अनुमति दिने जिम्मेवारी पाएको फुड सेफ्टी एण्ड स्टेण्र्डस अथोरिटी अफ ईण्डियाले  अहारपुरक खाद्य पदार्थ रहेको भनी प्रमाणित गरेको र  नेपालको पनि खाद्य पदार्थहरुको गुणस्तर, नियन्त्रण र कारोबार गर्ने अधिकार दिने  निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति पाएर आयत गरिएको लाखौ रुपैयाको खाद्य पदार्थहरुलाई बिक्री बितरणमा रोक लगाइएको करणले लगानी नै डुबने अवस्था आएको क्याले आरोप लगाए।

प्रकाशित: २५ पुस २०७६ ०७:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App