coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

जुनारले पहेलपुर खनियाखर्क बजार(फोटो फिचरसहित)

जुनारले पहेलपुर देखिएको विपी राजमार्गस्थित सिन्धुलीको खनियाखर्कका फलफुल बजार। तस्विर:अनिल/नागरिक

सिन्धुली - स्थानीय मौलिक फल जुनारले सिन्धुलीको खनियाखर्क बजार पहेलपुर भएको छ। विपी राजमार्गस्थित यहाँको गोलञ्जोर गाँउपालिका ५ खनियाखर्कमा जुनारलाई प्रमुख प्राथमिकका साथ बजारमा बिक्रिका लागि राखिएपछि पहेलपुर भएको हो।

राजमार्गमा जुनारको कारोबार समेत राम्रो हुँदा जुनारले त्यस क्षेत्रमा राम्रो बजार पाएको छ। पुर्वी तराईका विभिन्न जिल्लाबाट यहि राजमार्ग हुदै काठमाण्डौ आवातजावत गर्ने दैनिक हजारौ साना ठूला सवारीका यात्रुनै जुनारको मुख्य ग्राहक हुन्। बस माइक्रोबसदेखि अन्य साना गाडीले खनियाखर्कमा यात्रुलाई जुनार किन्नकै लागि केहि समय रोकिदिने गरेकाले समेत खनियार्क बजार जुनारले भरिएको छ।

रसिलो फल जुनार यात्रुका लागि सिन्धुलीको मुख्य कोसेली हुने भएकाले जुनार यात्रुको रोजाईमा समेत पर्न थालेको छ। विपी राजमार्गको खनियाखर्क आसपासमा जस्ताका टहरा बनाएर जुनार विक्रिका लागि राखेपछि खनियाखर्क बजारनै जुनारले उज्यालिएको स्थानीय बताउँछन्। विगत दुई वर्ष अगाडिसम्म सिन्धुलीको जुनारमा किराको समस्या भएको भन्दै व्यापक आलोचना भइरहदा यस वर्ष सिन्धुलीको जुनारमा ९० प्रतिशत किरामुक्त भएको किसान बताउँछन्। जुनार सुपर जोनले किरा नियन्त्रण गर्नका लागि विभिन्न उपाय अपनाएसँगै यस वर्ष जिल्लाको जुनारमा ९० प्रतिशत किरामुक्त भएको खनियाखर्क बजारमा जुनारको जुस बेच्दै गरेका श्यामकुमार रम्तेलले बताए।

दाना उचाल्दानै थाहा हुन्छ, किराले सखाप पारेको दाना हलुका हुन्छ, किरा रहित दाना वजनदार हुन्छ, उनले भने, यसबर्षको जुनारमा किरामुक्त मात्र होइन बढी रसिलो समेत छ। खनियाखर्क बजारमा मात्रै दुई दर्जनबढी जुनार व्यवसायी छन्। किसानको बोटबाट जुनार किनेर बजारमा ल्याएर बेच्ने व्यापारी समेत बढेको स्थानिय बताउछन्। खनियखर्कमा हाल ९० देखि १३० रुपैया किलोसम्ममा जुनारको कारोबार भइरहेको छ।

विगतका बर्षमा जुनारमा फल कुहाउने औषा पार्ने झिगा चाइनिज सिट्रस फ्लाई ब्याक्ट्रोसेरा मिन्याक्स प्रकोप देखिएपनि यस वर्षबाट जुनार सुपर जोन कार्यालयले किरा नियन्त्रण विधि अपनाएपछि न्युनिकरणमा आएको छ।

किरा न्युनिकरण भएको छ, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, जुनार सुपर जोन कार्यालयका प्रमुख देबराज अधिकारीले भने, तर जुनारको दाना लाग्ने सिजनमा असिना परेकाले उत्पादनमा केहि ह्रास आएको हो।  सिन्धुली जिल्ला जुनारले उद्गम स्थलको श्रेय पाएको छ, अधिकारीले नागरिकसँग भने, सिन्धुली र जुनार एक अर्काको पर्यवाचीनै हुन्।

प्रकाशित: २५ पुस २०७६ ०६:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App