८ वैशाख २०८१ शनिबार
समाज

वेपत्ता भएको दुई हप्तापछि मृत फेला

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा लुलीमाका ४२ वर्षीय युवराज कार्की बेपत्ता भएको दुई हप्तापछि मृत फेला परेका छन्। गत पुस ८ गतेदेखि घरैबाट बेपत्ता भएका कार्की बिहिबार साँझ घरभन्दा तल रहेको लुलीमाबेँसीस्थित दुधकोसीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले जानकारी दिए।

मानसिक सन्तुलन गुम्ने समस्याबाट पीडित कार्कीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइदै छ। कार्कीको शव नदीमा पानीमा डुबिरहेको अवस्थामा फेला परेको हो। कार्कीको शव हलेसी क्षेत्र खोटाङ (वृहत पम्पिङ) खानेपानी आयोजनाको काम गरिरहेका कामदारले देखेर खबर गरेका बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए। बेपत्ता नभेटिएपछि आफन्तले हप्ता दिनपछि प्रहरीलाई खोजीका लागि खबर गरेको बताइएको छ।

प्रकाशित: २५ पुस २०७६ ०५:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App