७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा संकटकालको घोषण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प। फाइल तस्बिर

वासिङ्टन (एजेन्सी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुएर्टो रिकोमा संकटकालको घोषणा गरेका छन्। अमेरिकी टापु पुएर्टो रिकोमा बुधबार शक्तिशाली भूकम्प आएकाले राष्ट्रपति ट्रम्पले संकटकाल घोषणा गरिएको आदेश जारी गरेका हुन्। उनले भूकम्प प्रभावितका लागि आवश्यक सम्पूर्ण सहयोग तथा उद्धारकार्य गर्न निर्देशनसमेत आदेशमा उल्लेख गरेका छन्।

राष्ट्रपति कार्यालयका अनुसार भूकम्प प्रभावितस्थलमा सबै प्रकारका राहत, उद्धार तथा व्यवस्थापनलगायतका संयोजनकारी भूमिका निर्वाह गर्ने अधिकार वासस्थान सुरक्षा तथा संघीय आपत् व्यवस्थापन निकायलाई दिइएको छ। गत मंगलबार पुएर्टो रिको क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको एक दिनपछि राष्ट्रपति ट्रम्पले यस्तो आदेश जारी गरेका हुन्। अमेरिकी अधिकारीले दिएको पछिल्लो विवरणअनुसार भूकम्पका कारण अहिलेसम्म एक जनाको मृत्यु भएको छ भने अरु नौ जना घाइते भएका छन्।

भूकम्पका कारण त्यस क्षेत्रका कैयाै‌ भवन क्षतिग्रस्त भएका छन् भने विद्युत् सेवासमेत अवरुद्ध भएको छ। पछिल्ला केही सातामा त्यस क्षेत्रमा हजारौं कम्पन गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। अहिले ठूलो भूकम्प गएको पुएर्टो रिकोमा ३४ लाख जनसंख्या रहेको छ भने सो स्थान मियामी, फ्लोरिडादेखि एक हजार ६ सय किलोमिटर टाढा पर्ने अधिकारीले जनाएका छन्।

प्रकाशित: २५ पुस २०७६ ०४:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App