coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अस्ट्रेलियामा डढेलोमा मृत्यु हुनेको संख्या २७ पुग्यो

सिड्नी (एजेन्सी)– अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोर्रिसनले देशमा भइरहेको आगलागीका कारण मृत्यु हुनेको संख्या २७ पुगेको बताएका छन्।

अस्ट्रेलियाली संसद् भवनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोर्रिसनले यो पछिल्लो विवरण सार्वजनिक गरेका हुन्। आगलागीका कारण दुई हजार १ सय ३१ घर क्षतिग्रस्त भएका छन् भने मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।

अस्ट्रेलियाको दक्षिणपूर्वी क्षेत्रको जंगलमा ठूलो आगलागी भएको छ तापक्रम बढेर अत्यधिक गर्मी हँुदै गएको र तातो हावा चलेको अधिकारीले जनाएका छन्।

‘योभन्दा धेरै क्षति हुन नदिनका लागि हामीले प्रयास जारी राखेका छौं। विषेश गरेर मृत्यु हुनेको संख्या नबढोस् भन्ने तर्फ हाम्रो विषेश ध्यान रहेको छ,’ प्रधानमन्त्री मोरिसनले बताए। उनले आगलागी नियन्त्रण गर्न र थप क्षति हुन नदिन सबैले आ–आफ्नो ठाँउबाट भूमिका खेल्न तथा उद्धारकर्तालाई सहयोग गर्न पनि आग्रह गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ।

प्रधानमन्त्री मोर्रिसनले अस्ट्रेलिया संकटमा परेको बेला सहयोग उपलब्ध गराएका सबै सहयोगीलाई धन्यवाद ज्ञापन पनि गरेका छन्। अस्ट्रेलियामा भइरहेको आगलागीका कारण उत्पन्न धुवाँ देशका विभिन्न ठाउँमा फैलिएको छ भने दक्षिण अमेरिकी मुलकुसम्म पनि पुगेको छ। गत सेप्टेम्बरदेखि सुरु भएको आगलागी अस्ट्रेलियामा अहिले पनि जारी छ।

प्रकाशित: २५ पुस २०७६ ०४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App