coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पाँच सय परिवारलाई जस्ताकाे छानो

वीरगन्ज – पर्सामा फुसको छानो भएको घरमा बस्दै आएका पाँच सय गरिब परिवारले अब स्तरीय छानो पाउने भएका छन्।

सहरी विकास मन्त्रालयको सघन सहरी तथा भवन निर्माण योजनाअन्तर्गत संचालित सुरक्षित नागरिक आवास कार्यक्रमको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

कार्यक्रमका संयोजक समेत रहेका सांसद् प्रदीप यादवले क्षेत्र नं. १ मा फुसको छानो भएको घर हटाउन पाँच सय परिवारलाई जस्ताको छाना दिन लागिएको बताए। पहिलो चरणमा छाना बनाउन पाँच सय परिवारको सूची समेत तयार भइसकेको उनको भनाइ छ। ‘आउँदो वर्षमा पनि यसलाई निरन्तरता दिने सोच बनाएका छौं,’ उनले भने। योजना दुई करोड ५० लाख रूपैयाँमा सम्पन्न हुनेछ।

कार्यक्रमका इन्जिनियर धिरेन्द्र यादवले कार्यक्रममा छनोट भएका परिवारलाई जस्ताको छाना राख्न जनही पचास हजार रूपैयाँ बराबर अनुदान दिन लागिएको जानकारी दिए। उनका अनुसार पहिलो किस्तामा बैंक खातामार्फत तीस हजार रूपैयाँ दिइनेछ। त्यसपछि कार्यको प्रगति हेरेर दोस्रो किस्तामा थप बीस हजार रूपैयाँ भुक्तानी गर्ने निर्णय गरिएको उनले बताए।
योजनाको सुपरिवेक्षण र अनुगमन समेत गरिने सांसद् यादवले जानकारी दिए।

सांसद यादवको अध्यक्षतामा बसेको समितिको बैठकमा सभापति अन्सारी, वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी, सघन सहरी तथा भवन निर्माण योजनाका इन्जिनियर यादव लगायतको उपस्थिति थियोे।

प्रकाशित: २५ पुस २०७६ ०३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App