६ वैशाख २०८१ बिहीबार
समाज

समाजवादी पार्टीका केन्द्रीय सदस्य लामिछानेको निधन

अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई ।

काठमाडौं- समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य महेन्द्रजंग लामिछाने (अमर) को निधन भएको छ। राष्ट्रिय सहकारी महासंघको अधिवेशनमा भाग लिन पर्वतबाट काठमाडौं आएका लामिछाने सार्वजनिक सवारी सधानमा बेहोस भएपछि अस्पताल पुर्‍याइएको थियो। सिभिल अस्पताल पुर्याइएका लामिछानेलाई अस्पतालले मृत घोषणा गरेको थियो। उनलाई हृदयघात भएको चिकित्सकले बताएका छन्।

उनी २०५४ देखि माओवादी विद्रोहमा भूमिगत भएका थिए। पर्वतमा माओवादी विद्रोहको समयमा उनको नाम अग्रस्थानमा आउने गर्थ्यो। पछिल्लो समय लामिछाने नयाँ शक्ति पार्टी पर्वतको अध्यक्ष भएका थिए। नयाँ शक्ति र संघीय समाजवादी फोरम एकता भएपछि उनी पार्टीको केन्द्रीय सदस्य भएका थिए। उनको सवको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको छ।

उनको शवलाई समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धञ्जलीको लागि राखिएको थियो। लामिछानेको शवमा पूर्वप्रधानमन्त्री तथा पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादवले संयुक्तरुपमा झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरे। उनको शव आजनै पर्वत लगिएको छ।

 

प्रकाशित: २४ पुस २०७६ १२:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App