coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

आलोचनाबाट जोगिन सूचना प्रविधि विधेयकः नेता थापा

फाइल फोटो

काठमाडों– नेपाली कांग्रेसका नेता गगन थापाले काम गरेर जनताकोे मन जित्न नसकेपछि आलोचनाबाट जोगिन सूचना प्रविधि विधेयक ल्याएको आरोप लगाएका छन्।

नेपाल विद्यार्थी संघले नागरिक स्वतन्त्रता नियन्त्रण गर्ने विधेयकहरु विरुद्ध बिहीबार काठमाडौंको माईतीघर मण्डलमा गरेको सभालाई सम्बोधन गर्दै उनले कमजोर सरकारले कानून बनाएरै जनताको मुख थुन्ने प्रयास गरेको दाबी गरे।

उनले विधेयक नपढीकनै विरोध गरिएको भन्ने विभागीय मन्त्रीको भनाई प्रति पनि आपत्ती जनाए। विधेयकका सबै दफा दफामा आफु छलफल गर्न तयार रहेको भन्दै उनले छलफल कहाँ गर्ने भनी प्रश्न समेत गरे।

उनले विधेयकका दफा दफामा छलफल गर्न विभागीय मन्त्रीलाई चुनौति नै दिए। उनले सुचनाको हकको अधिकार कुण्ठित गर्ने हो भने नेपालको संविधान क्युवा र उत्तर कोरियाको संविधान भन्दा भिन्न नरहने दाबी पनि उन गरे। 

विरोधसभा अघि विद्यार्थीले अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने गरि विधेयक ल्याईएको भन्दै सूचना प्रविधि विधेयक खारेजीको माग गर्दे नाराबाजी सहित र्याली गरेका थिए। नेपाली कांग्रेसले सूचना प्रविधि विधेयक लगायत विवादास्पद विधेयकहरु फिर्ता गर्न माग गर्दै आएको छ।

प्रकाशित: २४ पुस २०७६ १२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App