७ वैशाख २०८१ शुक्रबार
समाज

रोल्पामा दौतरी शिक्षा कार्यक्रम सुरु

अभिमूखिकरण कार्यक्रम ।

रोल्पा- जेष्ठ नागरिकलाई घरमै गएर उपचार गर्ने उद्देश्यले सुरु गरिएको दौतरी शिक्षा कार्यक्रम रोल्पामा पनि सुरु हुने भएको छ। प्रदेश न. ५ सरकारले सुरु गरेको सो कार्यक्रम अनुसार स्वास्थ्यकर्मीहरु ८४ वर्ष भन्दामाथि उमेर समूहका व्यक्तिहरुको घरमा पुगेर उपचार गर्ने छन्। स्वास्थ्य कार्यालय प्रमुख अनिल केसीका अनुसार स्वास्थ्यकर्मीले प्रत्येक ३ महिनामा वृद्धवृद्धालाई घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा दिइने छ।

स्वास्थ्य कार्यालय रोल्पाले बिहीबार जिल्लाका सबै १० स्थानीय तहका स्वास्थ्य संयोजकलाई राखेर कार्यक्रमको अभिमूखिकरण गरेको छ। जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने अभिमूखिकरण तथा औषधिहरुको समुचित प्रयोग प्रबद्धनका लागि दौतरी शिक्षा कार्यक्रम अन्र्तगत स्थानीय तहका स्वास्थ्य संयोजकलाई राखेर कार्यक्रम गरिएको हो।

बिभिन्न सामाग्री तथा औषधि खरिद, अनुगमन, सेवा प्रदायकलाई सुबिधा गरि प्रदेश सरकारले जिल्लामा १६ लाख बजेट पठाएको छ। जेष्ठ नागरिकलाई आधारभुत स्वास्थ्य सेवा घरमै पुर्‍याउने कार्यक्रमको उद्येश्य रहेको स्वास्थ्य कार्यालय प्रमुख अनिल केसीले बताए।
 

प्रकाशित: २४ पुस २०७६ १२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App