coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भूकम्प सुरक्षा दिवसको उद्घाटन प्रधानमन्त्रीले गर्ने

भक्तपुर- यस वर्ष माघ २ गते भक्तपुर दरबार क्षेत्रमा हुने २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने तय भएको जनाइएको छ।

भक्तपुर नगरपालिकाको आयोजनामा २२औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस व्यवस्थापन उपसमितिको बैठकले प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह भक्तपुर दरबार क्षेत्रमा बिहीबार दिनको तीन बजे भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको जनाइएको छ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ को मूल समारोहअघि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति नेतृत्वमा लामगाल पुखुबाट मध्यान्ह दुई बजेबाट र्‍याली गर्ने निर्णय गरेको जनाइएको छ। सो स्थानमा ख्वप कलेजबाट जनचेतनामूलक नाटक प्रदर्शनी र नेपाल स्काउटबाट विपद् व्यवस्थापन सम्बन्धि विशेष प्रस्तुती रहने व्यवस्था गरेको छ। .

र्‍याली सुरु हुनुअघि भनपा विपद व्यवस्थापन समितिबाट आगलागी नियन्त्रण सम्बन्धि प्रयोगात्मक प्रस्तुती र नेपाल रेडक्रस सोसाइटीबाट बिशेष प्रस्तुती रहनेछ। र्‍यालीमा राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ मूल समारोह समितिका पदाधिकारीहरु तथा व्यवस्थापन समितिकिा पदाधिकारीहरु, नेपाली सेना (व्यान्डसहित), सशस्त्र प्रहरी बल (व्यान्डसहित), महानगरीय प्रहरी परिसर (व्यान्डसहित), भनपा वडा नं. १ देखि ५ सम्मका सबै जनप्रतिनिधिहरु, भनपा वडा नं.१ देखि ५ सम्मका सास्कृतिक समूहहरुको सहभागिता रहने व्यवस्था बैठकले गरेको जनाइएको छ।.

बैठकले माघ २ गते भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा भूकम्पसम्बन्धी इन्जिनियरिङ मोडल, फोटो तथा चित्रकला प्रदर्शनी हुने र ती कार्यक्रमहरुका लागि सम्बन्धित कलेजहरुलाई व्यवस्थापनको लागि जिम्मेवारी दिने निर्णय गरेको जनाइएको छ।

यस्तै राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७६ को अवसरमा भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा  माघ ३ गते, शुक्रबार बिहान ख्वप इन्जिनियरिङ कलेजको सभाकक्ष, लिवाली, भक्तपुरमा भूकम्प इन्जिनियरिङ विषयमा राष्ट्रिय सम्मेलन हुने र कार्यक्रम व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी सम्बन्धित कलेजहरुलाई नै दिने निर्णय गरेको छ।  .
    
 

प्रकाशित: २४ पुस २०७६ ११:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App