१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अमेरिका–इरान द्वन्द्वः नेपालीको सुरक्षा गर्न समिति गठन

फाइल फोटो

काठमाडौं– अमेरिका र इरानबीच युद्धको अवस्था सृजना भए नेपालीहरुलाई तत्काल उद्दार गरिने भएको छ। सरकारले नेपालीहरुको सुरक्षाका लागि विभिन्न निकायबीच समन्वय समिति गठन गर्ने भएको हो।

बिहीबार परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रममा पश्चिम एसियामा विकसित पछिल्लो घटनाक्रम, विद्यमान सुरक्षा स्थिति तथा त्यस क्षेत्रमा कार्यरत नेपाली नागरिकहरूको अवस्थाका विषयमा छलफल गरिएको थियो।

छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय लगायतका प्रतिनिधि उपस्थित रहेका थिए। सोही निकाय समावेश गरेर समिति गठन गरिने भएको हो। 

‘पश्चिम एसियामा विकसित घटनाक्रमलाई नजिकबाट नियाल्ने र परिस्थिति अनुरूप आवश्यकतानुसार समन्वित ढङ्गबाट त्यस क्षेत्रमा रहेका नेपाली नागरिकहरूको सुरक्षाका लागि तयारी समेत गर्नको लागि एक अन्तर्निकाय समन्वय समिति गठन गर्ने निष्कर्ष निकालेको छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

अमेरिकाले इरानका सैनिक कमान्डर सोलेमानीको हत्या गरेपछि थप युद्ध हुनसक्ने आशंकाकाबीच परराष्ट्र मन्त्रालयले उक्त निर्यण गरेको हो।

प्रकाशित: २४ पुस २०७६ ११:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App