coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धादिङमा दुई सवारी ठोक्किदा १८ घाइते

धादिङ- कालुपान्डे मार्ग अन्तगत धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ डुम्रेखोला नजिकै दुई सवारी एक आपसमा ठोक्किदा १८ जना घाइते भएका छन्। धादिङबेसिबाट काठमाडौ जाँदै गरेको ना २ ख ५२१२ नम्बरको बस र काठमाडौबाट धादिङबेसि आउदै गरेको ना ६ ख ८५७६ नम्बरको बस एक आपसमा ठोक्किएको हो।

दुर्घटनामा घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेकोले उपचारका लागि काठमाडौ पठाइएको छ। अन्य घाइतेहरुको स्थानीय स्वास्थ्य सस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले जानकारी दिए। तीब्र गतिका कारण दुर्घटना भएको जिल्ला प्रहरी धादिङले जनाएको छ।

प्रकाशित: २४ पुस २०७६ ११:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App