coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

नेपाल टेलिकमले ल्यायो सेयर बजारमा सुधार

काठमाडौँ-लगातार घट्दै आएको सेयर बजारमा बिहीबार भने सामान्य सुधार आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ४.७८ बिन्दुले बढेर एक हजार ४७५.४१ बिन्दुमा पुगेको छ ।

लगातार ओरालो लागेको बजारमा सामान्य वृद्धिको पछाडि नेपाल टेलिकममा रणनीतिक साझेदार भित्र्याउने विषयमा भएको सहमतिले काम गरेको बताइएको छ ।

नेपाल टेलिकमको सेयर मूल्यमा आएको वृद्धिले नेप्सेलाई उकास्न आधार दिएको बताइन्छ । दोहोरो अङ्कले झरेको बजार बिहीबार भने करिब पाँच अङ्कले उकालो लागेको हो ।

बिहीबार कुल १३८ कम्पनीको सात लाख ६९ हजार कित्ता सेयर रु ५० करोड २२ लाख किनबेच भएका छन् ।

बैंकिङ ०.२१, विकास बैंक ०.३८, उत्पादन १.६२ र अन्य समूह २.७४ प्रतिशतले बढेको छ भने होटल १.२५, जलविद्युत् ०.८७, फाइनान्स ०.५ र बिमा समूह ०.१४ प्रतिशतले घटेको छ । रासस

प्रकाशित: ७ पुस २०७३ १०:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App