८ वैशाख २०८१ शनिबार
अर्थ

प्रतिवेदन नबुझाउने र साधारणसभा नगर्ने सहकारीहरुलाई बन्द गछौंः मन्त्री अर्याल

फाइल फोटो

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले लेखापरीक्षण प्रतिवेदन नबुझाउने र साधारणसभा नगर्ने सहकारीहरुलाई बन्द गर्ने चेतावनी दिएकी छिन्।

राष्ट्रिय सहकारी महासंघको २७ औं वार्षिक साधारणसभाका अवशरमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले निष्कृय रहेको संस्थालाई तुरुन्त बन्द गर्ने प्रक्रिया अघि बढाइने बताइन्।

‘एक घर एक सहकारी सदस्य’ अभियान चलाउन आग्रह गर्दै उनले सहकारीको माध्यमबाट वैदेशिक रोजगारी विस्थापित गर्नुपर्ने बताइन्। मन्त्री अर्यालले राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि एउटा बलियो खम्बा सहकारी भएको बताइन।

राज्यले सहकारीलाई अर्थतन्त्र निर्माणको खम्बा मानेको र व्यवहारले पनि त्यो पुष्टि भएको उनको भनाई छ। मन्त्री अर्यालले सहकारीहरुको संख्या बढाउनुभन्दा आफ्नो कार्यक्षेत्र विस्तार गर्न आग्रह गरिन्। 

प्रकाशित: २४ पुस २०७६ ०८:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App