coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चिकित्सकले अस्पताल भन्दा निजी क्लिनिकमा समय दिँदा बिरामी समस्यामा

बाँके- भेरी अस्पतालमा सेवा लिन आउने अधिकांश बिरामी अस्पतालको सेवासुविधा, चिकित्सकको व्यवहार र सरसफाइ प्रति सन्तुष्ट देखिएका छैनन्। लुम्बिनी प्रदेशको एकमात्र सङ्घीय अस्पतालको सेवाबाट सन्तुष्ट हुने भन्दा असन्तुष्ट हुनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको जनाइएको छ।

दैनिक एक हजारको हाराहारीमा बिरामी सेवा लिन अस्पताल आउने गरेको अस्पतालले जनाएको छ। सेवा लिन भेटिएका अधिकांश बिरामी र उनका आफन्तले अस्पतालको उपचार सेवा, चिकित्सकको व्यवहार राम्रो नभएको गुनासो गरेका छन्। बिरामीले प्रश्न गर्दा चिकित्सक र नर्सले उत्तर दिन झर्को मान्ने गुनासो अस्पतालमा सुनिदै आइएको छ।

अस्पतालद्वारा सञ्चालित औषधि पसलमा बिरामीले चाहेका औषधि पाइदैन। यसैगरी प्रयोगशाला परीक्षण गर्न निजी प्रयोगशाला जानुपर्ने बाध्यता बिरामीमा रहेको छ। शौचालयको दुर्गन्धले अस्पतालमा बसिसक्नु छैन। अस्पतालका मेडिकल सुपेरिटेण्डेण्ट डा. रुपानन्द अधिकारीले भने, 'अस्पतालको सेवा प्रभावकारी बनाउन कर्मचारीको अनुशासन, सरसफाइ र व्यवहारमा विशेष ध्यान दिइएको छ।' अस्पतालमा प्रायः सबै रोगका विशेषज्ञ चिकित्सक कार्यरत रहेका छन्।

चिकित्सकले अस्पतालमा भन्दा बाहिरका निजी क्लिनिकमा बढी समय दिँदै आएका छन्। अस्पतालमा कार्यरत चिकित्सकले बिरामी भएको श्ययामा नपुगेरै ढोका बाहिरैबाट अवलोकन (राउण्ड) गर्ने गरेको बिरामीको गुनासो छ।

प्रकाशित: २४ पुस २०७६ ०८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App