coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सडकको गुणस्तरमाथि संसदको प्रश्न

दिक्तेल–खानीडाँडा–आहाले सडकको पर्खाल निरीक्षण गर्दै प्रदेशसभा सांसद रामकुमार राई, उषाकला राई लगायत। तस्बिर: दमन/नागरिक

खोटाङ– ‘दिक्तेल–खानीडाँडा–आहाले’ सडकको गुणस्तरमा संसदहरुले प्रश्न उठाएका छन्। सडक अनुगमन गर्दै उनीहरुले भ्रष्टचार गरेको आशंका समेत व्यक्त गरे। 

गुणस्तरहीन काम भएको पाइएपछि प्रदेशसभा सांसद रामकुमार राई ठेकेदारमाथी आक्रोशित देखिए। उनले काम ढिला गरेको भन्दै बेलैमा सचेत रहन ठेकेदारलाई सुझाव पनि दिए। 

‘दिक्तेल बजारको छेउछाउको काम राम्रै छ। बजारभन्दा टाढा चैं टालटुल मात्रै भएको देखिन्छ’ सांसद राईले भने, ‘बेलैमा सचेत हुनुहोला, हाम्रो सुझाव छ।’ 

अनुगनका क्रममा अर्की प्रदेशसभा सांसद उषाकला राईले पनि सडक कालोपत्रेको कामको गुणस्तरमाथि प्रश्न उठाइन्। उनले ठेकेदारको समस्याबारे जानकारी गराउन आग्रह गर्दै काममा गुणस्तरमा कमी हुन नदिन आग्रह गरिन्।

२०७५ साल मंसिर १ गते शिलान्यास गरिएको दिक्तेल–आहाले १०.७९ किलोमिटर १८ महिनाभित्र सक्ने गरि निर्माण सुरु भएको थियो। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक लगानीमा काम सुरु भएको थियो। तर समयमै काम सम्पन्न नहुँदा स्थानीय आक्रोशित देखिन्छन्। 

अनुगमन टोलीमा प्रदेशसभा सांसद, जिल्ला समन्वय समिति तथा राजनीति दलका प्रतिनिधि उपस्थिति रहेका थिए। अनुगमनको क्रममा निर्माण कम्पनी पनि उपस्थित भएको थियो।  

निर्माणको ठेक्का याक्तुहाङ साप सिरुवा जेभीले पाएको थियो। कम्पनीका डाइरेक्टर कल्याण दाहाल र इन्जिनियर ललितकुमार मण्डल अनुगमनमा चुपचाप रहे।  

राष्ट्रिय पुःननिर्माण प्राधिकरणको २१ करोड १ लाख ८८ हजार लागतमा उक्त सडक कालोपत्रे सुरु गरिएको हो। 

प्रकाशित: २४ पुस २०७६ ०७:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App