प्रधानमन्त्रीसँग संघीय गठबन्धन रुष्ट

बिहिबार, ०७ पुष २०७३, १५ : ३३ नागरिक

काठमाडौं–संघीय गठबन्धनले सहमतिको विन्दु पहिल्याउन प्रधानमन्त्रीलाई दबाब दिने निर्णय गरेको छ। बिहीबार बसेको गठबन्धनको बैठकले प्रधानमन्त्री झिना मसिना काममा अल्झिएको भन्दै प्रधानमन्त्रीको आलोचना गरेको हो।

‘प्रधानमन्त्री झिना मसिना काममा मात्र अल्झिनु भयो, र मधेसी मोर्चासहित  संघीय गठबन्धनलाई झुक्याउने काममा बढी लाग्नु भयो,’ बैठकपछि गठबन्धनका नेता एवं राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले भने, ‘महत्वपूर्ण काम छोडेर प्रधानमन्त्री सामान्य कार्यक्रममा रिवन काट्न जिल्ला जानु उचित होइन भन्ने बैठकले निष्कर्ष निकालेको छ।’

सरकार गठनताका मधेसी मोर्चासँग भएको तीन बुँदे सहमति अनुसार मन्त्रिपरिषदले गर्ने कतिपय काम अझै हुन नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना भएको थियो। मधेस आन्दोलनका क्रममा भएका घाइतेको उपचार, मृत्यु भएकालाई सहिद  घोषणा गर्नेलगायत मन्त्रिपरिषदले गर्ने कामसमेत सरकारले नगरेको भन्दै प्रधानमन्त्रीको आलोचना भएको थियो। गठबन्धनको सहमतिको साझा विन्दु पहिल्याउन तथा मधेसका माग सम्बोधन गर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णयसमेत गरेको छ।

यसैगरी बैठकले सरकारले संसदमा दर्ता गराएको संशोधन प्रस्ताव विरुद्ध एमालेले षड्यन्त्र गरेको निष्कर्ष निकाल्दै एमालेको आन्दोलनले राष्ट्रियता कमजोर हुने र मुलुक विभाजनको स्थितिमा जाने चेतावनी दिएको छ।

एमाले राष्ट्रियता कमजोर पार्ने, सामाजिक विद्वेश बढाउने काममा उद्दत रहेको भन्दै गठबन्धनले त्यसको भत्र्सना गरेको छ।
बैठकमा बुधबार पूर्वराजा ज्ञानेन्द्रले जारी गरेको विज्ञप्तिमा विषयमा पनि छलफल भएको थियो। पूर्व राजाको विज्ञप्तिको कुनै अर्थ नरहेको निष्कर्ष निकाल्दै बैठकले विज्ञप्तिलाई निभ्ने बेलाको आगोसँग तुलना गरेको रामसपाका महासचिव केशव झाले जनाए।

‘यद्यपी पूर्व राजाको विज्ञप्तिका पछाडि कसैको हात हुनसक्ने कुरामा कुरालाई नकार्न सकिन्न,’ उनले भने, ‘पछिल्लो  समय एमालेका गतिविधिले पूर्व राजालाई हैस्याउने काम गरेको छ।’ केही दिन अगाडि एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता झलनाथ खनालले पूर्व प्रधानमन्त्री किर्तिनिधि विष्टसँग भेट गरेको भन्दै झाले त्यसैको परिणाम स्वरुप विज्ञप्ति आएको दाबी गरे।

 








यसमा तपाईको मत

अन्य समाचार

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

टाटा मोटर्सको सोरुममा विन्टर ब्लेसिङ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले विन्टर ब्लेसिङ कार्यक्रम आयोजना गर्ने भएको छ । ...

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

सेन्सेई ब्रान्डको लोकप्रियता बढ्दो

नेपाली बजारमा सेन्सेई ब्रान्डका घरायसी सामग्रीको लोकप्रियता बढेको छ । ...

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

२५ जिल्लामा टेलिकमको एफटिटिएच सेवा

नेपाल टेलिकमले देशभरका २५ जिल्लामा तीव्र गतिको डाटा र भ्वाइस सेवासमेत चलाउन मिल्ने एफटिटिएच अर्थात फाइबर टु द होम सेवा...

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डाको नयाँ सोरुम भैरहवामा

होन्डा मोटरसाइकल, स्कुटर तथा गाडीका लागि नेपालको एक मात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले भैरहवामा नयाँ सोरुम सञ्चालनमा ल्याएको...

सिटिजन्स–टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सम्झौता

सिटिजन्स–टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सम्झौता

सिटिजन्स बैंक र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच हस्पिटलको सेवा शुल्कमा छुट दिने सम्झौता भएको छ । ...

एनसेलद्वारा दुई विजयी ग्राहकलाई नगद पुरस्कार हस्तान्तरण

एनसेलद्वारा दुई विजयी ग्राहकलाई नगद पुरस्कार हस्तान्तरण

एनसेल प्राईभेट लिमिटेडले ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत सिराहाका आशिष राउत र धादिङ्की नानी मैयाँ थापालाई जनही रु २ लाख नगद...

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त

नेपाल क्रेडिट एन्ड कमर्स बैंकले नबिल बैंकलाई डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ...

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

डिएभी स्कुलको वार्षिकोत्सव सम्पन्न

वीरगन्जस्थित डिएभी स्कुलको २६औं वार्षिकोत्सव सम्पन्न भएको छ । ...

Ncell Footer Ad