१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मन्दिर परिसरमा पुनः पसल सञ्चालन

काठमाडौं – खुलामञ्चसँगै जोडिएको दुईमाजु मन्दिर परिसरको टहरामा पुनः पसल सञ्चालन गरिएको छ। काठमाडौं जिल्ला अदालतले फैसला नगरेसम्म मन्दिर परिसरमा पसल सञ्चालन नगर्ने सम्झौता भएपनि व्यापारीले पसल सञ्चालन गरेका छन्। मन्दिर क्षेत्रमा व्यापार गर्न नपाइने भन्दै पसल हटाउनुपर्ने स्थानीय गणपतिलाल श्रेष्ठले माग गरे। मिन्दर परिसरमा पसल सञ्चालन गरको भन्दै गत कात्तिक २९ गते काठमाडौं महानगरपालिकाले ताला लागाएको थियो।

महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)को उपस्थितीमा गुठी संस्थान प्रधानकार्यालय, शाखा कार्यालयकाठमाडौंले तालाबन्दी गरेको थियो। सो समयमा उपप्रमुख श्रेष्ठले जिल्ला अदालतमा मुद्दा परेकाले फैसला नभएसम्म पसल बन्द गर्नुपर्ने बताएकी थिइन। गुठी संस्थान शाखा कार्यालयले २०७५ मंसिर ९ गते व्यावसायी अमृता भट्टराईलाई मासिक १५ हजार रुपैयाँका दरले पाँच वर्षका लागि भाडामा दिने सम्झौता गरेको थियो।

दुईमाजु मन्दिर गुठी संस्थान अन्तर्गतको मन्दिर परिसरमा आवश्यक पूजा सामग्री व्यवस्थापन, सरसफाई, पूजाआजा तथा रेखदेखका गर्न भन्दै अस्थायी टहरा निर्माण गर्ने सम्झौता भएको थियो। सम्झौता भएपछि १७ जना व्यावसायीले स्वीकृति लिएर मन्दिर परिसरमा पसल सञ्चालन गर्दै आएका थिए।

मन्दिरमा पसल सञ्चालन गरेको भन्दै चौतर्फी बिरोध भएपछि गुठी संस्थान प्रधान कार्यालयले उक्त जग्गाको भौतिक संरचना हटाएर खाली गर्न शाखा कार्यालयलाई निर्देशन दिएको थियो। त्यसपछि यहाँका सबै पसल हटाइएको थियो। तर अहिले पुनः मन्दिर परिसरमा पसल सञ्चालन गरिएको छ। प्रधान कार्यालयको आदेशपछि भट्टराईसँग भएको सम्झौता रद्द भएपछि २०७६ असोज १५ गते गुठी संस्थानमा सम्झौता खारेजको निवेदनसमेत दिएकी थिइन्।

प्रकाशित: २४ पुस २०७६ ०२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App