८ वैशाख २०८१ शनिबार
अर्थ

पर्यटन प्रर्वद्धन गर्न ‘धरानमा इलाम’!

धरान–आफ्नो जन्म थलो इलामको पर्यटन प्रर्वद्धन एवं कृर्षि उत्पादनको बजारीकरण गर्न इलामेली समाज सुनसरी–मोरङले दुई दिने धरानमा इलाम नामक प्रर्वद्धनात्मक कार्यक्रम गर्ने भएको छ। समाजले बिहीबार पत्रकार सम्मेलन गर्दै पौरखी इलामको दोस्रो सँस्करणअन्र्तगत पुष ९ र १० गते धरानको छाता चोकमा धरानमा इलाम कार्यक्रम गर्न लागेको जनाएको छ। पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्ने कार्यक्रमले इलामको प्रचार मात्र नभइ धरान(सुनसरी) र इलामबीच आर्थिक,धार्मिक, साँस्कृतिक, राजनीतिकलगायत हरेक पक्षले जोड्न प्रयास गरिने समाजका अध्यक्ष कृष्ण शाहले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा पूर्वसभामुख सुवास नेम्बाङ बिशिष्ट अतिथिका रुपमा आउनेछन् भने पूर्वमन्त्री कुलबहादुर गुरुङलाई सम्मान पनि गरिने र इलामका अन्य विशिष्ट व्यक्तिहरु पनि सहभागी हुनेछन् । ‘यो कार्यक्रम इलामको प्रचार गर्न मात्र होइन, पर्यटकीय सम्भावना बोकेको धरान र इलामलाई हरेक पक्षबाट जोड्ने हाम्रो प्रयास पनि हो’, अध्यक्ष शाहले भने, ‘एक समय धरान र इलामबीच व्यापार हुन्थ्यो, अहिले टुटेको छ । फेरि शुरुवात होस भन्ने हामी चाहन्छौं।’

आयोजकका अनुसार प्रर्दशनी स्थलमा इलामको कृर्षि, दुग्धजन्य उत्पादन तथा चियाको १९ वटा स्टलहरु राखिनेछन् भने ४२ वटा होटलहरुको फोटोसहित सुचनाको स्टल हुनेछ भने इलामका प्रमुख १५ वटा गन्तव्यहरुको फोटोसहित स्टल हुनेछ । उक्त स्टलमा ती गन्तव्यहरुको जानकारी दिने व्यक्तिसमेत हुनेछन् । सो स्टलबाट अवलोकनकर्ताहरुले कन्याम, श्रीअन्तु, सुन्दकपुर, माइपोखरीलगायत प्रमुख पर्यटकीय गन्तव्यहरुबारे जानकारी पाउनेछन् । यस्तै, श्रीअन्तु, वालङ गाउँ र बरबरेमा रहेको होमस्टेको पनि स्टल हुनेछ । जिविस इलामको सूचना केन्द्र, इलामका ट्राभल एजेन्सी र अफिसियल एजेन्सी धरानको सेक्ष ट्राभलिङको पनि स्टल रहनेछ । ‘प्रदर्शनी अवधिभर आगन्तुकहरुलाई इलामको अग्र्यानिक चियाको निःशुल्क स्वाद दिलाउछौं, साहित्य गोष्ठी, साँस्कतिक प्रर्दशनी र गीत,संगीतको कार्यक्रम पनि हुनेछ’, समाजका सचिव रविन गौतमले भने ।

प्रर्दशनीअवधिमा धरान र इलामका व्यावसायीबीच व्यापार बढाउन सहकार्यको लागि छलफल गराउन सुनसरी उद्योग वाणिज्य संघलाई समन्वयको जिम्मा दिइएको आयोजकले जनाएको छ । त्यसक्रममा होटल व्यावसायी, यातायात व्यावसायी, ट्राभल एजेन्सीहरुबीच आपसी छलफल र सहकार्य हुनेछ भने साहित्य गोष्ठी आयोजनाको जिम्मेवारी कविद्वय एकु घिमिरे र टिका आत्रेयलाई दिइएको छ । कार्यक्रममा इलामका ख्यातीप्राप्त कलाकारहरु प्राज्ञ गणेश रसिक, प्राज्ञ कोमल निरौला, कुवेर राई, यम बराल, गणेश पराजुली, यशोदा पराजुलीलगायत कलाकारहरुको सांगीतिक प्रस्तुती पनि रहने अध्यक्ष शाहले जानकारी दिए । यस्तै, राई, लिम्बु, नेवार, थामी र इलामका मात्र बसोबास रहेको लेप्चा जातिको साँस्कृतिक झाँकी पनि प्रस्तुत हुनेछ । कार्यक्रमअवधिभर ५० हजारले प्रर्दशनी अवलोकन गर्ने र १२ लाख बराबरको कृर्षिजन्य उत्पादन बिक्री हुने आयोजकको अपेक्षा छ ।
 

प्रकाशित: ७ पुस २०७३ ०८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App