७ वैशाख २०८१ शुक्रबार
कला

पाटन दरबारमा बज्ने भए परम्परागत बाजा

ललितपुर – मंगलबजारमा अवस्थित पाटन दरबार संग्र्रहालयले मुलुकको परम्परागत बाजा बजाएर पर्यटकलाई मनोरञ्जन गराउने भएको छ। आउँदो माघ मध्यमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी संग्र्रहालयले पाटनमा बढीभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन बाजा बजाएर प्रत्यक्ष प्रसारण गर्न लागेको हो।

संग्रहालयले पाटन भित्रिने पर्यटकलाई परम्परागत नेपाली बाजा र संस्कृतिका बारेमा जानकारी दिलाउन यसैअनुसारको योजना अघि बढाएको संग्र्रहालयका अधिकृत सुरेशमान लाखेले जानकारी दिए। उनले भने, ‘भ्रमण वर्ष २०२० का अवसरमा हामीले नेपालको परम्परागत बाजा डमरु, मादल, दमोखी, मृदंग, सारङ, ढ्यांग्र्रो, नेखिन, शंख, नेकु, डबडब, जोनगडा, पञ्चताल, नगडालगायतका बजाएर पर्यटकलाई नेपाली धुन पस्कनेछौं।’

संग्र्रहालयले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा एक हप्तासम्म उनको चित्रकला कोर्न लगाउने योजना बनाएको छ। जोशीको उत्कृष्ट चित्र कोर्ने कलाकारको चित्रलाई भ्रमण वर्ष २०२० भर पर्यटकसामु प्रचारप्रसार गरिनेछ। फागुनदेखि घण्टाघण्टामा पर्यटकलाई संग्र्रहालयमा भएका कलाकृतिबारे विस्तृत जानकारी दिन पथप्रदर्शकमार्फत भ्रमण गराउने तथा संग्र्रहालयमा हाल तीन पथप्रदर्शक रहेकामा अब केही व्यक्तिलाई स्वयंसेवक पथप्रदर्शकका रूपमा तालिम दिई दरबार वरिपरिको जनजीवन, कलाकृति र वस्तुस्थितिका बारेमा जानकारी दिलाउने योजना पनि संग्र्रहालयले अघि बढाएको छ।

आगामी कात्तिकमा संग्र्रहालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला प्रदर्शनी गर्ने योजना बनाएको लाखेले बताए। ‘पाटनमा रहेका मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको प्रदर्शन गरी पर्यटकलाई पाटनमा वर्षैपिच्छे आउन मन लाग्ने बनाउने हाम्रो लक्ष हो,’ उनले भने। नेपालमा रहेका परम्परागत पोसाक लगाई फोटो खिच्न इच्छुक पर्यटकलाई त्यसको व्यवस्था मिलाउने, संग्र्रहालयभित्रको सुन्दरी नयाँ प्रदर्शनी कक्ष स्थापना गर्ने, २०७२ सालको भूकम्पले क्षति भई पुनर्निर्माणमा प्रयोग नभएका पुराना सामग्री र पाटन दरबार हेरचाह कार्यालयमा थन्किएर रहेको नगराको मर्मत गरी प्रदर्शनी गर्ने योजना बनाइएको लाखेले जानकारी दिए।

प्रकाशित: २४ पुस २०७६ ०१:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App