coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

पेट्रोलियम पदार्थको मूल्य स्थगन गर्न आयल निगमलाई निर्देशन

काठमाडौं–उद्योग वाणिज्य तथा उपभोक्त हित संरक्षण समितिले गठन गरेको उपसमितिले पेट्रोलिय पदार्थमा भएको मूल्य बृद्धि तत्काल स्थगत गर्न आयल निगमलाई निर्देशन दिएको हो। उपसमितिको बिहीबार बसेको बैठकले पेट्रोलियम पदार्थमा गरेको मूल्य बृद्धि स्थगत गर्न निर्देशन दिएको उपसमितिका संयोजक सुवासचन्द्र ठकुरीले जानकारी दिए।

उनले भारतमा भन्दा नेपालमा इन्धनको मूल्य सस्तो भन्दै निगमले मूल्य बृद्धि गर्नु तर्कसंगत नभएको बताए। निगमले भारतमाभन्दा नेपालमा इन्धन सस्तो भएकाले इन्धन भारततिर तस्करी हुने गरेको भन्दै पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको थियो।

तर समितिले मूल्य बृद्धि स्थगित गर्न निर्देशन दिएपनि आयल निगमले भने तत्काल मूल्य बृद्धि स्थगन नहुने जनाएको छ। निगमका महाप्रवन्धक  गोपाल खड्काले तत्काल मूल्य बृद्धि स्थगन नहुने बताएका हुन्। उनले समितिको निर्देशनका विषयमा प्रयाप्त छलफल गर्ने जानकारी दिए।
उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले पेट्रोलियम पदार्थ र ग्यासका विषयमा अध्ययन गर्न उपसमिति बनाएको थियो।

प्रकाशित: ७ पुस २०७३ ०७:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App