४ वैशाख २०८१ मंगलबार
समाज

पाँच सय बिपन्न परिवारले पाउने भए स्तरीय आवस

वीरगन्ज- पर्सा जिल्लामा ‘फुस’(खरपाता)को छानो भएको घरमा बस्दै आएका पाँच सय बिपन्न परिवारले अब स्तरीय छानो भएको घर पाउने भएका छन्। सघन शहरी तथा भवन निर्माण योजना अन्तर्गत सहरी विकास मन्त्रालयमार्फत सञ्चालित सुरक्षित नागरिक आवास कार्यक्रमको बुधबार बसेको बैठकबाट यस्तो निर्णय भएको हो।

सुरक्षित नागरिक आवास कार्यक्रमका संयोजकसमेत रहेका सांसद प्रदीप यादवले क्षेत्र नं. १ भित्र कुनै पनि घर ‘फुस’ भएको नहोस भन्ने उद्देश्यकासाथ पाँच सय घरपरिवारलाई जस्ताको छाना दिने कार्यक्रम तय गरिएको बताए। पहिलो चरणमा छाना बनाउन पाँच सय घरपरिवारको सूची समेत तयार भइसकेको उनले बताए।

‘हामीले यस क्षेत्रका ५ सय परिवारहरुलाई उनीहरुको फुसका छानाको ठाउँमा राम्रो र स्तरीय छाना दिन लागेका छौं,’ सांसद यादवले भने, ‘यो आर्थिक वर्षमा हामीले यति गरेपछि आउदो वर्षमा पुनः यसलाई नियन्तरता दिने सोच बनाएका छौं।’ सो योजना दुई करोड ५० लाख रुपैयाँमा सम्पन्न हुनेछ। सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत परेका प्रत्येक परिवारलाई छाना बनाउन पचास हजार रुपैयाँ बराबरको रकम दिन लागिएको ईन्जिनियर एंव समितिका सचिव एंव सदस्य धीरेंद्र यादवले जानकारी गराए।

पहिलो किस्तामा बैँक खातामार्फत तीस हजार रुपैयाँ दिइने र कार्यको प्रगति हेरेर दोस्रो किस्तामा थप बिस हजार रुपैयाँ बैँकमार्फत नै भुक्तानी गर्ने निर्णय गरिएको उनले बताए। योजनाका दौरान निरन्तर प्रबिधिक सुपरिवेक्षण र आवश्यक अनुगमन समेत गरिने सांसद यादवले जानकारी दिए। सांसद यादवले क्षेत्रमा बस्ने सबै परिवारले घरउपर राम्रो र सुरक्षित छानो पाउँन् भनेर ल्याइएको यस कार्यक्रमले लक्षित पाँच सय परिवार प्रत्यक्ष लाभान्वित हुने बताए। आफैँमा यो कदमले पाँच सय परिवारको जीवन उकासिने भएकोले विकासको एउटा महत्वपूर्ण कार्य ठहरिने बैठकमा सहभागी समितिका सदस्य रहेका जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमद अन्सारीले बताए।

जिल्ला समन्वय समिति पर्सामा सांसद यादवको अध्यक्षतामा बसेको समितिको बैठकमा, सभापति अंसारी, वीरगंज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी, सघन शहरी तथा भवन निर्माण योजनाका ईन्जिनियर एंव समितिका सचिव एंव सदस्य यादव लगायतको उपस्थित रहेको थियोे।

 

प्रकाशित: २३ पुस २०७६ १३:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App