coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बलात्कारकाे आरोपमा युवक पक्राउ

उदयपुर- उदयपुर प्रहरीले एक किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रदेश नम्बर २ का युवकलाई गाईघाटबाट पक्राउ गरेको छ। त्रियुगा नगरपालिका-१२ पुरानो गाईघाटकी १४ वर्षीया किशोरीमाथि जवरजस्ती गरेको आरोपमा सिराहा जिल्ला धनगढीमाई नगरपालिका-१२ का २० वर्षीय श्रबण खड्का पक्राउ परेका हुन्।

सोमबार भएको घटनाबारे पीडितका आफन्तले प्रहरी कार्यालयमा मंगलबार दिउँसो किटानी जाहेरी दिएका थिए। जाहेरी परे अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले मंगलबार साँझ खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए।

उनीमाथि बलात्कारविरुद्धको कानुनी कारबाही गर्ने प्रक्रिया अघि बढेको छ। खड्कालाई बुधबार जिल्ला अदालत उदयपुरबाट म्याद थपेर थप अनुसन्धान कार्य अघि बढाइएको एसपी मगरले बताएका छन्।

प्रकाशित: २३ पुस २०७६ १२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App