६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

अष्ट्रेलियाको धुँवा दक्षिण अमेरिका पुग्यो

मोन्टेभिडिओ- अष्ट्रेलियामा भइरहेको आगलागीबाट उत्पन्न धुँवा दक्षिण अ‍ेमरिकी मुलुकसम्म पुगेको छ। अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार अष्ट्रेलियाको धुँवा दक्षिण अमेरिकी मुलक उरुग्वेसम्म पुगेको छ।

“यही जनवरी ६ सोमबार दिउँसोदेखि हामीले उरुग्वेको आकाशमा धुँवाका भुल्कोहरु देखिन थालेका छन्”, उरुग्वेको मौसम विज्ञान विभागद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

अष्ट्रेलियामा लागेको ठूलो डढेलोका कारण उत्पन्न धुँवाले त्यस क्षेत्रका अन्य देशहरुमा समेत असर पारेको छ। विभागका प्रविधि व्यवस्थापक लुकिया चिपोनेल्लीले उरुग्वेका सञ्चार माध्यमहरुलाई दिएको जानकारीअनुसार अष्ट्रेलियाबाट आएको धुँवाले उरुग्वेको वायुमण्डललाई समेत प्रदुषित गराएको छ।

उनले सो धुँवाकै कारण मानवीय स्वास्थ्यमा ठूलो असर पर्ने अवस्था भने नरहेको स्पष्ट पारे। अष्ट्रेलियाको धुँवा प्रशान्त महासागर हुँदै झण्डै १३ हजार किलोमिटरपछि दक्षिण अमेरिका आइपुगेको उनले बताए।  

गत सेप्टेम्बरदेखि सुरु भएको आगलागी अष्ट्रेलियामा अहिले पनि जारी छ। आगलागीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको, लाखौँ जंगली जनावर जलेर मरेको र ठूलो मात्रामा जंगल नष्ट भएको छ। एएफपी

प्रकाशित: २३ पुस २०७६ १०:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App