coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

एम्बुलेन्स चालकको बदमासीले बिरामीलाई सास्ती

रोल्पा– जिल्लामा सञ्चालित अधिकाशं एम्बुलेन्सहरु बिरामीमैत्री छैनन्। एम्बुलेन्समा अक्सिजन समेत नराँखिदा बिरामीले सास्ती खेप्नु परको हो। 

धेरै जस्तो एम्बुलेन्स कन्डिसनमा पनि छैनन्। तर अनुगमन र नियमन  गर्ने निकाय भने मौन छ। एम्बुलेन्स चालकहरु गाडी मर्मत गर्ने फुर्सद नभएको प्रतिक्रिया दिदैं आएका छन्।

‘हाम्रा एम्बुलेन्सहरु बिरामी मैत्री छैनन्। एम्बुलेन्समा अक्सिजन समेत हुँदैन’ जिल्ला अस्पताल रोल्पाका डा. प्रकाश बुढा भन्छन्,‘भनेको समयमा एम्बुलेन्स बिरामी लिन आउदैनन्।’ सम्बन्धित ठाउँमा विरामी लिनजान समेत ती चालकहरु आनाकानी गर्ने गरेको उनले गुनासो गरे। एम्बुलेन्स चालकलाई प्राथमिक उपचारको तालिम पनि आश्यक रहको उनको बुझाई छ।

आईतबार दिउँसो फोन गर्दा रेडक्रस एम्बुलेन्स चालकले आफुलाई फुर्सद नभएकाले विरामी लिन नआउने बताए। ‘म भ्याउदैन, हाम्रो एम्बुलेन्समा अक्सिजन पनि छैन’ चालक गंगाबहादुर घर्तीमगरले बताए। त्यस्तै माडी जलजला युवा क्लबका चालक जीवन डागीले एम्बुलेन्स बिग्रिएकोले बिरामीको सेवा गर्न नसकिएको बताए।

जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी कुलबहादुर डागीका अनुसार रोल्पाका एम्बुलेन्स चालकहरुले मनपरी गर्ने गरेका छन्। ‘यिनीहरुको बदमासी चुलिएको छ। आफ्नो समय मिलाएर मात्र हिड्न तयार हुन्छन। बोलाएको समयमा बिरामी लिन आउँदैनन्’ डागी भन्छन्,‘जिल्लाका एम्बुलेन्सहरुलाई अनुगमन र नियमन गर्नु पर्ने देखिएको छ। अहिलेका चालकले चलाउन नसक्ने भए अरुलाई जिम्मा दिए हुन्थ्यो नि।’

प्रमुख जिल्ला अधिकारी मातहतमा रहने एम्बुलेन्स संचालन समितिले भने विरामी ओसारपसारमा समस्या रहेको विषयमा जानकारी नभएको बताएको छ।

‘केहि दिन अगाडि मात्रै गुनासो आएको थियो। के रहेछ बुझ्नुपर्छ’ प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भने ‘समस्या पहिचान गरि अबको केहि दिनमै समाधान गर्छु।’

अहिले जिल्लामा ९ बटा एम्बुलेन्स छन। जिल्ला अस्पताल, रेडक्रस, सनस्टार युवा क्लब, माडिजलजला युवा क्लबका एम्बुलेन्स सदरमुकाम नजिकै रहन्छन्।

प्रकाशित: २३ पुस २०७६ ०७:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App